स्थानीय खानालाई प्रोत्साहन गर्दै कुमाख क्याफे - Dastabej

स्थानीय खानालाई प्रोत्साहन गर्दै कुमाख क्याफे


  • दस्तावेज

  •  

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ वीपी चोकमा कुमाख क्याफेले स्थानीय खानालाई प्रोत्साहन गर्दै आएको छ । पछिल्लो समय स्थानीय खानाहरु लोप हुन थालेको भन्दै त्यसलाई संरक्षण गर्न स्थानीय खानलाई प्रोत्साहन गर्न थालिएको हो । यसैक्रममा मंगलबार होटेलमा आउने सबै ग्रहाकलाई सेलरोटी खुवाईएको सञ्चालक दीपक भण्डारीले बताए ।‘ पछिल्लो समय स्थानीय खानाहरु लोप हुने अबस्थामा छन्’, उनले भने‘ स्थानीय खानालाई संरक्षण गर्नकालागि यस्तो अभियान सुरु गरेका हौं ।’ स्थानीय खाना स्वास्थ्यका हिसाबले पनि उत्तम हुने भन्दै यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको अर्का सञ्चालक तुफान रेग्मीले बताए । सेलरोटीको स्वाद चखाउने अभियान अन्तर्गत मंगलबार ग्रहाकलाई सेलरोटी खुवाएको भन्दै आगामी दिनमा अन्य स्थानीय खाना पनि खुवाउने तयारी रहेको सचालक रेग्मीले बताएका छ्न । उनका अनुसार ढिडो, बदिया भाले, कालिज, घुँङीलगायत स्थानीय स्तरमा पाईने खाना खुवाउने उनले बताए ।

  • २६ कार्तिक २०७७, बुधबार १२:५२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ