७ किलो अफिमसहित २ जना पक्राउ - Dastabej

७ किलो अफिमसहित २ जना पक्राउ


  • दस्तावेज

  •  

    मंगलबार साँझ साढे सात बजे अफिमसहित ७ किलो अफिमसहित पक्राउ गरिएका दुई जनालाई बुधबार सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिका वडा नं २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नं। १०५ बाट पक्राउ गरिएको हाृ । लागु औषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगन्ज, बाँके प्रहरी बाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा शकास्पद अबस्थामा रहेका जिल्ला जाजरकोट नलगाढ नगरपालिका वडा नं ९ वस्ने वर्ष ४५ को जयबहादुर सिंह र बर्ष ३३ का बिरेन्द्रमान सिंहको खानतलासी लिंदा कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा गिलो लागु औषध अफिम जस्तो पदार्थ तौल गर्दा ७ किलो फेला परेको हो । लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

  • २६ कार्तिक २०७७, बुधबार १६:५३ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा