नेपालगन्ज— प्रदेश सरकारले नेपालगन्ज—कोहलपुरसम्म बिद्युतीय वस सन्चालनका लागि गत आर्थिक वर्षमा नीतिगत काम अगाडि बढायो । गत आर्थिक वर्षमै बिद्युतीय वस सन्चालनका लागि प्रदेश सरकारले साढे पाँच करोड रकम बिनियोजन गरेको थियो । मुख्य मन्त्री शंकर पोखरेलले वातावरण प्रदुर्षणमा कमी ल्याउने भन्दै बिद्युतीय वस सन्चालनको अवधारणा अगाडि सारेका हुन । पहिलो चरणमा बिद्युतीय वस सन्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो । त्यसको लागत पनि मोटामोटी तयार भएको थियो । तर सरकारले सिधै स्वामित्व लिने कि प्राधिकरण गठन गर्ने बारे छलफल भइरहँदा उक्त आयोजना कटाइएको छ । गत वर्षको अवधारणपत्रमा बिद्युतीय वस पार्किङदेखि कसरी सन्चालन गर्ने बारे उल्लेख थियो । प्रदेश पर्यटन मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीडेले बिद्युतीय वस सन्चालन आयोजना चालु आर्थिक वर्षमा नरहेको बताए । तर गत वर्षको आयोजनामा बिद्युतीय वस सेवालाई ब्यवस्थितरुपमा सन्चालनका लागि प्राधिकरण गठन गर्ने कि स्थानीय सरकारलाई स्वामित्व दिने बारे ब्यापक छलफल भएको थियो । ‘गत वर्ष बिद्युतीय वस आयोजना थियो । यो वर्ष भने त्यो आयोजना छैन,,’ उनले भने,‘यो वर्ष त्यो कार्यक्रम परेको छैन ।’ त्यस्तै जिल्लामा रहेका यातायात कार्यालयलाई बिद्युतीय वस सन्चालन गर्न दिने कि बारे छलफल गरिएको थियो ।
नेपालगन्ज—कोहलपुर फोरलेन सडकमा दर्जनौ नगर वस सन्चालनमा छन् । ति सबै वस इन्धनबाट चल्दै आएको छ । त्यसले वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको भन्दै बिद्युतीय वसको अवधारणा प्रदेश सरकारले ल्याएको थियो । एकै पल्ट धेरै यात्रु बोक्ने क्षमतामो बिद्युतीय वस सन्चालन गरिए वातावरणमा कम असर पर्छ ।