सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले श्रीनगर बजार lzल गरेको छ । lzल हुँदा सितलपार्टी स्थित शिवजन माविले चलिरहेको कक्षा ११ को वार्षिक परीक्षा स्थगित गरेको छ । जिल्लाका अन्य विद्यालयले भने २१ गतेदेखि नै परीक्षा सञ्चालन गरेका छन् । श्रीनगरमा गत शनिबार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएपछि आइतबारदेखि बजार सिल गरिएको हो । कोरोनाका कारण बजार सिल भएपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले जानकारी दिP । नेपालीका अनुसार अन्य कक्षाको पढाइ पनि अनिश्चितकालका लागि बन्द गरिएको 5 .