रोनाल्डोको २ गोलले युभेन्टस उपाधि नजिक - Dastabej

रोनाल्डोको २ गोलले युभेन्टस उपाधि नजिक


  • दस्तावेज

  • इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले लाजियोलाई २–१ ले हराएको छ । जितसँगै युभेन्टस उपाधिको होडमा एक कदम नजिक पुगेको छ ।

    घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । उनले एक गोल पेनाल्टीबाट गरेका थिए ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५४ औँ मिनेटमा फेरि रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै टिमलाई २–० ले अगाडि राखे ।

    ८३ औँ मिनेटमा इमोबेलीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अन्तर कम गरेका थिए । तर त्यसपछि दुवै टिमबाट थप अवसर भए पनि गोल हुन सकेन र युभेन्टसले जित निकाल्यो ।

    यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ । उसले दोस्रो स्थानको इन्टर भन्दा ८ अंकको अग्रता लिएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार १७:२२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता