एचआइभी संक्रमित आमा स्वास्थ्य शिशु जन्माउँदै - Dastabej

एचआइभी संक्रमित आमा स्वास्थ्य शिशु जन्माउँदै

फड्को मार्दै मेडिकल साईन्स


  • दस्तावेज

  • (नेपालगन्ज) एचआइभी संक्रमित आमाले स्वास्थ्य बच्चा जन्माउन थालेका छन् । यसअघि चिकित्सकहरुले त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाउथे । कारण—उनीहरुले जन्माउने शिशु पनि संक्रमित हुन्थे । तर चिकित्साशास्त्रको अधुनिकरणसंगै संक्रमित आमाहरुको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकोमा उनीहरु खुसी छन् । ‘एचआईभी संक्रमित भएपछि बच्चा नजन्माउन सुझाव दिन्थे । तर अहिले भने सम्भव भएको छ,’ एक आमाले भनिन्,‘सन्तान पाउने इच्छा पूरा भयो । स्वास्थ बच्चा पाउँदा निकै खुसी छु ।’
    चालु आर्थिक वर्षमा भेरी अस्पतालमा पाँच एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् । अर्का एकजना निगरानीमा छन् । ‘संक्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,’ भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा एचआईभीका स्रोत व्यक्ति डा. संकेत रिसाल भन्छन्,‘पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआईभी संक्रमण हुने सम्भावना निकै कम रहन्छ ।’ गत वर्ष ९ सक्रमित आमाले स्वास्थ बच्चा जन्माएको अस्पतालले जनाएको छ ।
    औषधि बिज्ञानको नयाँ प्रविधिले नयाँ फडको मारेपछि उक्त रोगबाट संक्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको छ । आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम सरकारले लागु गरेको छ । भेरी अस्पतालमा छुट्टै वार्ड खडा गरिएको छ । गर्भवति महिलाहरुको अनिवार्य एचआइभी परिक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको सुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ । ‘गर्भवती भएका महिलामा एचआईभी संक्रमण भएको पाएपछि निगरानी सुरु गर्छौ । त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौ,’ डा.रिसाल भन्छन्,‘संक्रमित भएका केही गर्भवती महिलाहरु अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौ ।’
    संक्रमित महिलाले जन्माउने शिशुलाई एचआइभी संक्रमणबाट जोगाउन नेपाल सरकार राष्ट्रिय एडस तथा यौन नियन्त्रण बिभागले नयाँ रणनीति ल्याएको हो । यसका लागि गर्भवति महिला र नवजात शिशु केन्द्रित विशेष कार्यक्रम सुरु भएको छ । संक्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमति ख्वाईन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआईभी सार्न रोक्छ । चिकित्सकहरुका अनुसार बच्चा जन्मेपछि प्रोफाईल लेसिस नामका झोल खुवाईन्छ । शिशुको स्वास्थ्य अवस्था जा“च्न डिएनए पिसिआर गरिन्छ । संक्रमित आमाबाट जन्मेको शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ ।
    संक्रमित गर्भवति महिलाहरु नियमित चिकित्सकको सम्पर्कमा रहनु पर्छ । उनीहरुले दिएको सुझाव मानेमा स्वास्थ्य बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट संक्रमित बच्चा जन्मिने खतरा रहने चिकित्सक बताउँछन् । बाँकेमा एचआइभी र एडसको संक्रमण डरलाग्दो छ । हालसम्म १ हजार २ सय एचआईभी संक्रमितहरु अस्पतालको सम्पर्कमा आएका छन् । ति मध्ये ४ सय ४० जना नियमित औषधि प्रयोग गर्दै आएका छन् । त्यसैले नयाँ शिशुलाइ एचआइभीको संक्रमणबाट जोगाउन उक्त कार्यक्रम सुरु गरिएको हो । संक्रमित आमाको दुध चुस्दा एचआइभी सर्ने खतरा हुने भएकोले बच्चाका लागि पनि औषधी प्रयोग गरिदै आएको छ । गर्भवति आमाबाट जन्मिने शिशुलाइ पनि निगरानीमा राखिने गरेको चिकित्सकहरु बताउँछन् । अझै पनि धेरै संक्रमितहरु सार्वजनिक हुन नचाहेकोले एचआइभीको संक्रमणको संख्या बढी हुने अनुमान गरिएको छ । कामको शिलशिलामा विदेश जाने सर्वसाधारण एचआइभीको बढी जोखिममा पर्ने गरेका छन् । घर फर्किदा रगत परिक्षण नै नगरि सम्पर्क गर्ने गरेका कारण श्रीमतिलाइ सजिलै एचआइभी सर्ने गरेको पाइको छ ।
    गर्भवती आमाको रगत परिक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ । त्यसैगरी जिल्लाभरी रहेका प्राथमिक सेवा केन्द्र र स्वास्थ्य चौकीमा पनि रगत परिक्षण गरिदै आएको छ । स्वास्थ्य केन्द्रले संक्रमित गर्भवती महिलाहरुलाई अन्चल अस्पतालमा रिफर गर्दै आएका छन् । बाँकेमा एचआईभी संक्रमित भएका सत प्रतिशत गर्भवती महिलाले स्वास्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धी भएको चिकित्सकहरुको दाबी छ । असुरक्षित यौन सम्पर्कले हुने एचआइभीको संक्रमण गर्भवति आमाबाट सिधै नवजात शिशुमा सर्दछ । तर संक्रिमत भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ । सामाजिक बहिष्करणमा पर्न त्रासका कारण त्यस्ता व्यक्तिहरु एचआईभी लुकाउन बाध्य भएका छन् । उपचार नगराउँदा त्यसको जोखिम बढेको हो ।
    स्वास्थ्य कार्यालय बाँके अनुसार सवैभन्दा वढि खजुरा, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीपारिको क्षेत्रहरु एचआईभीको उच्च जोखिममा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार ति क्षेत्रका युवाहरु वेरोजगारीका कारण वैदेशीक रोजगारीमा जाने र असुरक्षित यौनसम्पर्कमा संलग्न हुने भएकाले उनिहरु नै एचआइभिको जोखीममा छन् । त्यस्तै, लागुपदार्थ दुव्र्यसनी प्रयोगकर्ताहरु, यौन व्यवसायीहरु पनि यसको उच्च जोखीममा रहेका छन् । नेपालगन्ज उपमहानगरमा मात्र ३९ जना पुरुष लागु औषध प्रयोगकर्तामा एचआइभी छ । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्ने दुरव्यवसनीहरु एचआईभी र एडसबाट संक्रमित हुने गरेका छन् । तर परामर्श तथा जाँच केन्द्र स्थापना बिस्तारसंगै एचआईभी र एडस संक्रमित व्यक्तिहरुको पहिचान हुन थालेपछि संख्या बढ्दो छ । तर, जाँचपछि एचआईभी र एडस भएको पुष्टि भएकाले सावधानी अपनाउँदा नियन्त्रणमा सहयोग पुगेको स्वास्थ्यकर्मीहरुको दाबी छ ।

  • २७ कार्तिक २०७७, बिहीबार ०७:३७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा