स्थानीयय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यल दाङको घोराहीमा नयाँ रिर्सोट सन्चालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा न. १६ सानिमाअम्वापुरमा बुधवारदेखिदेखि कविला हस्पिटालिटी ग्रुपले कविला रिर्सोट सन्तालनमा लाइएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट सन्चालनमा ल्याएको कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीले जानकारी दिए । स्थानीय अर्गानिक र हाईजनिक परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य रहेको उनले बताए । खासगरि सुदरमुकामका आन्तरिक पर्यटक होस या बाह्य पर्यटक सवैले थारु परिकार भएको रिसोर्ट खोज्ने भएकोले ती ग्राहकलाई लक्षित गरेरे हामीले विशेष थारु परिकार अन्य परिकार सहित कविला रिर्सोट संचालनमा ल्याएको अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार रिर्सोटमा थारु परिकार ढिक्री, अन्दी चामलको रोटी, सुंगुर, लोकल कुखुरा, बधिया भाले, हाँस, खसी, मुसाको मासु, माछा, गंगटा, घोङ लगायत स्थानीय उत्पादनको परिकार रहने छ ।
करिब ७ कठ्ठाको क्षेत्रफलमा संचालित रिर्सोट अबको केहि महिनामा ३ सय जना सहभागी अटाउने क्षमता भएको, एसिसहितको सेमिनार गोष्ठीहल पनि सन्चालनमा ल्याउने रिर्सोटको डाइरेक्टर विकास चौधरीले बताए । तत्काललाई खाजा, नास्ता, र मिनी सेमिनार गोष्ठी कार्यक्रम गर्नलाई सुरुवाट गरिएता पनि केहि दिनमा बास बस्नका लागि सुविधा सम्पन्न एसि रुम सहित सुविधा प्रदान गर्ने उनले जानकारी दिए । अहिले पूर्वाधार निर्माणकै क्रममा रहेकाले ढिलामा फागुन चैतसम्म उक्त सुविधाहरु संचालनमा आउने उनको भनार्इ छ ।
यसैगरी बजारको होटेल भन्दा सस्तो, सुलभ शान्त बातावरणमा भएकाले आफूहरुले ग्राहकको मन जित्न सक्ने रिर्सोट सन्चालक भुवन चौधरीले बताए । ‘तत्काललाई एक करोडको लगानीमा सुरु गरिएता पनि हाम्रो लक्ष्य पाँच करोडको सुविधा सम्पन्न रिर्सोट संचालन गर्ने हो, उनले भने,—कोरोनाको कारणले भौतिक पूवार्धार निर्माणमा केहि ढिलाई भएको छ, विस्तारै यसको लगानी बढने र रिर्सोटका अन्य सुविधा पनि बढाउदै जान्छौं ।’
यसैविच कविला रिर्सोटको विधिवत रुपमा उद्घाटन लुम्विनी प्रदेश सभाका सदस्य अम्मरबहादर डाँगीले गरेकाथिए । रिर्सोटको उद्घाटन गर्दै प्रदेसभा सदस्य डाँगीले स्थानीय परिकार, कला, संस्कृतिको प्रवद्धन संगै पर्यटनको विकासमा कविला रिर्सोटले थप सहयोग पुगाउने कुरामा आफु विश्वस्त रहेको बताए । कविला हस्पटालिटी ग्रुपका अध्यक्ष केवि चौधरीको अध्यक्षतामा भएको रिर्सोट उद्घाटन कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं। १६ का वडा अध्यक्ष तारा डाँगी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव तथा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशन, दाङ होटेल व्यवसायी संघका अध्यक्ष रुद्र बुढा लगायतले शुभकनमा मन्तव्य व्यक्त गरेकाथिए । रिर्सेटका डाइरेक्टर विकास चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण भुवन चौधरीले गरेकाथिए ।