अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर सबैभन्दा कम भएको राष्ट्रपति ट्रम्पको दाबी - Dastabej

अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर सबैभन्दा कम भएको राष्ट्रपति ट्रम्पको दाबी


  • दस्तावेज

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गर्नुभएको छ ।

    फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताउनुभएको हो । अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।

    जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गर्नुभएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार २३:१७ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा