भारतद्धारा नेपालगन्जलाई १.४७ अर्बको आईसीपी उपहार - Dastabej

भारतद्धारा नेपालगन्जलाई १.४७ अर्बको आईसीपी उपहार

भारतले नेपालगन्जसम्म फोर लेन राजमार्ग र रेल सन्चालनका फोर गेज रेल्वेलाईन बिस्तार गर्ने छ ।


  • दस्तावेज

  •  

    नेपालगन्ज—लुम्बिनी प्रदेशको राजधानी माग्ने नेपालगन्ज केही समययता बेखुस थियो । तर बिहिबारका दिन नेपालगन्जका लागि खुसीको खबर छायो । नेपालगन्जको जयसपुरमा निमार्णधिन एकिृत सुरक्षा जाँच (आइसीपी) अबकोे दुई वर्षमै निमार्ण गरिसक्ने प्रतिबद्धतासहित नेपाल भारतका सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले औपचारिकरुपमा काम सुरु भइसकेको घोषणा गरेपछि नेपालगन्जको भविष्य उज्यालो देखिएको छ । उक्त आयोजना १ अर्ब ४७ करोडको हो । आयोजना निमार्ण भारतीय लगानीमा बन्दै छ । आयोजनाका लागि नेपालले ८७.२ विगहा र भारतले पनि त्यही नै जग्गा नेपालभारत सीमामा छुट्याएका छन् । उक्त आयोजना सम्पन्न भए नेपालभारत आयात निर्यातमा निकै सहज हुने छ । रेलबाट समान ढुवानी गरिने छ । हाल भन्सारमा १० स्थानमा हुने जाँच एकै ठाउँबाट हुँदा व्यापारीहरुलाई सहज हुने छ । उक्त आयोजनाले नेपालगन्जलाई व्यवसायिक हबकोे रुपमा विकास गर्न सहयोग पुग्ने छ । उक्त आयोजना करिव डेढ दशकदेखिअलपत्र पर्दै आएको थियो । नेपालका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय बाणिज्य मन्त्री पियुसले बिहिबार जुम मार्फत औपचारिकरुपमा काम सुरु भएको घोषणा गरेका हुन । मन्त्री पियुसले आईसीपी निमार्णले नेपाललाई आर्थिकरुपमा प्रत्यक्ष सहयोग पुग्ने बताए । उनले निर्धारित समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    यसअघि वीरगन्जमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यहाँको बन्दरगाह सन्चालनमा आइसकेको छ । ५५ हेक्टर क्षेत्रमा निमार्ण भइरहेको आईसीपी क्षेत्रमा ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध गराईने छ । भारत सरकारले नमार्णका लागि राइट्स कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । आईसीपी प्रवेशका लागि ६० मिटर चोडाईको २ हजार २ सय मिटर सकड बिस्तारको काम भइसकेको छ । दुई वर्षमा निमार्ण गरी उक्त आयोजनालाई भारतले नेपाललाई हस्तान्तरण गर्ने छ । नेपालगन्ज नाकामा आईसीपी निमार्णका लागि भारतीय पक्षले नेपाल—भारत सीमा जयपुर क्षेत्रमा काँडे तारबार गरेको छ । नेपाली सीमा भने खुलै छ । आईपीसी निमार्ण स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ६० सशस्त्र प्रहरी तैनाथ भैसकेका छन् । शहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले जग्गा अधिग्रहणदेखि गर्नुपर्ने सबै काम नेपालका तर्फबाट भइसकेको बताए । तर भारतले काम अगाडि नबढाउँदा आयोजना अलपत्र पर्दै आएको थियो । ‘अबको दुई वर्षमै दुई मुलुकका मन्त्रीले काम सम्पन्न गर्ने प्रतिबद्धताले नेपालगन्जको विकासमा थप पुग्ने आश जगाएको छ,’ भुसालले भने ।
    आइसीपी क्षेत्र प्रवेशका लागि २ हजार २ मिटर पहुँच राजमार्ग बिस्तार भइसकेको छ । उक्त राजमार्ग ६४ मिटर चौडा छ । एकिकृत सुरक्षा पोष्ट (आईसीपी) स्थापना गरिएपछि आधुनिक भन्सारको काम सुरु हुने छ । त्यहाँ रेलवे सेवाहरु बिस्तार हुनेछन् । एकीकृत सुरक्षा पोष्टमा नेपाल–भारतका सुरक्षाकर्मीहरुले संयुक्त जाँच गर्ने छन् ।
    भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजेको हो । बन्दरगाह सन्चालन भए भारतबाट विभिन्न समाग्री नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटी र उत्पादनहरु भारतमा निकासी गर्न पनि सरल हुने जनाइएको छ । त्यसका लागि फोर लेन राजमार्ग र रेल सन्चालनका फोर गेज रेल्वेलाईन बिस्तार गर्ने लक्ष्य छ ।

     

     

     

     

     

     

     

     

  • २७ कार्तिक २०७७, बिहीबार १६:४० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा