भारतमा बिहार विधान सभा निर्वाचनको परिणाम बाहिरिए लगत्तै राजधानी शहर पटनाको मूख्य चोकहरूमा एक विशेष पोस्टर देखिएको छ, जसमा लेखिएको छ (ूबिहार में का बा रु फिर से नीतीशे कुमार बाू अर्थात बिहारमा के छ ? फेरी नीतीश कुमार नै छन्।
केही पहिला त्यहाँकी लोकगायिका नेहा सिंह राठौड़ले ूबिहार में का बा ?ू भन्ने गीत गाएकी थिइन् जसलाई विपक्षी दलहरूले मुख्यमन्त्री नीतीश कुमारको शासकीय श्यामश्वेत तस्बिर उजागर गर्ने अस्त्रका रूपमा प्रयोग गरे। अहिलेको परिणामले नीतीशको निरन्तरता हुने सम्भावना बलियो देखाएपछि उनका प्रशंसकहरूले विपक्षलाई जवाफ दिन नयाँ ढङ्गले पोस्टरबाजी गरेका छन्।
नीतीश बिहार सरकारको नेतृत्व गर्न पुगेपछि के बिहार पुरानै लयमा हिँड्ला ? बिहारका नागरिक समाज वा राजनीतिक विश्लेषकहरु यसमा असहमति राख्छन्। उनीहरूको भनाइमा नीतीश कुमारले भलै मुख्यमन्त्रीमा निरन्तरता देलान् तर चुनावी मतादेशले उनको लोकप्रियता घटेको देखाएको छ।
उनलाई आफ्ना राष्ट्रिय जनतान्त्रिक गठबन्धनका सहयोगी दलहरूको कारणले सरकारमा फर्किन सम्भव भएको हो। यो गठबन्धनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ९भाजपा०ले ठूलो कद कायम गरेको छ। यसैले मुख्यमन्त्री नीतीश कुमार भएपनि चालकसिटको असली शक्ति अभ्यास भाजपाले गर्नेछ। नीतीश कुमार आवद्ध गठबन्धनले विधान सभाको २४३ सीटमध्ये १२५ सीट ल्याएको छ भने विपक्षीहरूको महागठबन्धनले ११० स्थान हासिल गरेको छ। विपक्षी राष्ट्रिय जनता दल एकल ठूलो दल ९ सिंगल लार्जेस्ट दल ० बनेको छ , जसको नेतृत्व लालूप्रसाद यादवका छोरा तेजस्वी यादवले गरिरहेका छन्।
नेपालीको चासो
महामारी सङ्क्रमणको कारणले नेपाल ( भारत बीचको खुला सीमा खुकुलो छैन यतिखेर। राष्ट्रिय सुरक्षा अवधारणा अन्तर्गत पहिलो पटक ूमहामारी सङ्क्रमणू आएकोले सीमा बन्दीको अवस्था विगतको भन्दा भिन्न छ। त्यसैले यसपटक नेपालीहरूले बिहारको चुनावलाई नजिकबाट हेर्न पाएनन्।
त्यो कुन अर्थमा भने सामान्यकालको निर्वाचनका बखत नेपालीहरू सीमावर्ती भारतीय क्षेत्रहरूमा हुने चर्चित नेताहरूको भाषण सुन्न , चुनाव प्रचारको शैली नियाल्न वा रिपोर्टिङ गर्न त्यहीँ पुग्थे। उताका प्रचार सामग्री छपाउन होस् वा चुनावी कार्यकर्ताहरू मदिरा पिउन समेत सीमापार गरेर नेपालतिर आउँथे।
कतिपय नेपाली एफएम रेडियोहरूले उताका चुनावी प्रचार सामग्रीहरु प्रसारण गर्थे तर यसपटक त्यो रोकियो।नेपालका प्रदेश २ का आठ वटै र प्रदेश १ का ३ वटा जिल्ला गरि पर्सा देखि झापासम्म भारतको बिहारसँग जोडिएको छ।
साँधसिमाना
समतल भूगोलले जोडिएको यो सीमा क्षेत्रले सामाजिक(सांस्कृतिक सम्बन्धलाई निरन्तरता पनि दिन्छ। कतिपय ठाउँमा पारस्परिक आर्थिक दिनचर्या रहिआएको छ। यसरी बिहारसँग गाँसिएको सम्बन्ध छ , जसलाई पटना, बिहारस्थित ूबिपी कोईराला सेन्टर फर नेपाल स्टडीजू का निर्देशक प्रो। नवल किशोर चौधरीले बिहार र नेपालको बीच रोटी( बेटी र क्रान्तिको सम्बन्ध बताउँछन्। विगतमा राणा विरोधी आन्दोलनदेखि प्रत्येकजसो आन्दोलनमा नेपालीहरूलाई बिहारीहरूको सहयोग रहँदै आएको छ , त्यसैगरि बिहारका राजनीतिकर्मीहरू राजनीतिक कारणले नेपाल तिर ओत लाग्ने गरेका छन्।
नेपाल( भारत सहयोग मञ्च वीरगञ्जका अध्यक्ष एवम् उद्योगपति अशोक बैद्यले नेपालका दुई मूख्य नाका विराटनगर र वीरगञ्ज बिहारसँग जोडिएकोले त्यहाँको सामाजिक आर्थिक हलचलको सोझो असर नेपाली समाजमा पर्ने गरेको पक्ष औल्याउँछन्। मधेशको राजनीतिमा देखिएको जात समीकरण बिहारकै राजनीतिबाट भित्रिएको मानिन्छ। त्यहाँको आर्थिक प्रभाव नेपालमै पर्छ तर यस कुराको हेक्का राखिएको पाइन्न। त्यसैले नेपालमा भारतीय सीमावर्ती प्रदेशहरुप्रति त्यति साह्रो चासो पाइँदैन। बरू नेपालीहरू दिल्लीको राजनीतिबारे मसिनो जानकारी राख्ने गर्छन्। नेपालको सामाजिक आर्थिक जीवनमा फराकिलो असर राख्ने बिहारका बारेमा अध्ययन, अनुसन्धानका साथै प्राज्ञिक चासो राख्नेहरूको अभाव पनि छ।
बाछिटाका कणहरू
बिहारमा कानून व्यवस्था कमजोर हुँदा त्यसले नेपालतिरका नागरिकहरू समेत प्रताड़ित भएको इतिहास छ। १५ बर्ष पहिला जनता दल यूनाइटेडका नीतीश कुमार मूख्यमन्त्री भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई लीकमा ल्याएका थिए। उनले पञ्चायत तहको महिला प्रतिनिधित्वलाई ह्वातै बढाउन पचास प्रतिशत आरक्षण दिए, त्यसैगरि छात्राहरूलाई साईकल दिए , जसले महिलाहरू माझ उनी लोकप्रिय भए। उनले सड़क, पुल, बिजुली जस्ता पूर्वाधार विकास गरेपनि सार्वजनिक शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार ल्याउन सकेनन्। नीतीश कुमार स्वयम्को पनि नेपालका केही नेताहरूसँग गहिरो सम्बन्ध छ तर पनि उनी नेपालको दिल्लीसँगको सम्बन्धमा आफुलाई सहजकर्ताका रूपमा उभ्याउँदैनन्। बरू नेपालसँगको सरोकारलाई उनी यो त अन्तर्राष्ट्रिय विषय भएको र त्यो सङ्घीय सरकारको कार्यक्षेत्र भित्रको विषय भनेर आफुलाई अलग राख्छन्। यसले गर्दा खासगरी बिहारसंग गाँसिएको नदी ब्यवस्थापन, सीमावर्ती तटबन्ध, सडक वा नाका जोड्ने सडकहरूको स्तरोन्नति जस्ता समस्या थाती रहँदै आएका छन्। बिहारी श्रमिक एवम् अनौपचारिक सेवाका व्यवसायीहरू उल्लेख्य सङ्ख्यामा नेपालभित्र काम गर्दछन्। बिहारले आफ्ना लागि स्वयम् रोजगार सृजना गर्यो भने नेपाल भित्रको दबाब कम हुन सक्ने कतिपयको ठहर छ। गरीबहरू रोजगारीका लागि नेपालबाट बिहार पलायन हुने क्रम रोकिएको छैन। बिहारका एक नागरिक अगुवा रणजीब भन्छन् ( ूयसपटक भाजपा आफ्नो राजनीतिक हितका लागि पनि केही देखिने बदलाव बिहार सरकारबाट गराउनु पर्ने दबाबमा छ । यसबाट कतिपयले नीतीश कुमारको चौथो कार्यकाल पहिलेभन्दा गुणात्मक हुने आश गरिरहेका देखिन्छ।
(यो लेखमा अभिव्यक्त धारणा लेखकका निजी विचार हुन्)