जाजरकोटमा भीरबाट लडेर एक नेपाली सैनिकको मृत्यु - Dastabej

जाजरकोटमा भीरबाट लडेर एक नेपाली सैनिकको मृत्यु


  • मनोज डाँगी

  • जाजरकोटमा भीरबाट लडेर  एक नेपाली सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो । सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए ।अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुऱ्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छ्न ।

     

  • २७ कार्तिक २०७७, बिहीबार १७:५९ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला