तिहार आयो, बजारभरी बासनाबिनाका फूल - Dastabej

तिहार आयो, बजारभरी बासनाबिनाका फूल

कहाँ हरायो मखमली ?


  • दस्तावेज

  • नेपालगन्ज— मखमली फुल्दा, मार्सी धान झुल्दा
    बहिनी आउने छिन..
    फूल त मखमली फूल, अँगानीको दिलमै
    रुन्छिन उनी दिदी… पर्देशी भाईको यादमा ।
    मखमली फूल फुल्यो, ढपाक्कै…..
    भमरा फूलमा रमाए जस्तै …..।
    फूल झै फुलेको मेरो यो जीन्दगी…… ।

     


    भाई टिकाका दिन दाजुभाई र दिदिबहिनीले एकअर्कालार्ए आर्गेनिक फूलहरु लगाई दिने दिन अब गीतमै समिति भइसक्यो । । बासनाबिनाको फूलले बजार कब्जा गरिसक्यो । तर देउसी भैलोखेल्दा अहिले नि ‘अ‍ैहो मखमली माला’ भन्दै भट्याईन्छ । फुलको मालालाई लिएर तिहारका सयौं गीत बजिरहेका छन् । भाई टिकाका दिन दिदिबहीनी र दाजभाईले मखमली लगायतका फूलको माला लगाई दिएर आर्शिबाद दिन्छन्, लिन्छन् । तर पश्चिम तराईमा भने बसानाबिना (कागज र प्लास्टिक) का फूलहरुले स्थान पाउँदै गएको छ । व्यवसायिक खेती नगरिएका कारण कागजका फूलले बजार पाउँदै गएको हो । प्लास्टिक छिटै नसड्ने भएकाले लामो समयसम्म फोहोर रहन्छ । यो वर्षको तिहारमा पनि नेपालगन्जका बजारभरी प्लास्टिकका फूलहरु बिक्रीका लागि राखिएका छन् । सर्वसाधारणहरुले त्यही बासनाविनाका फूल किनिरहेका देखिन्छन् ।

    ‘बजारमा मखमली, गेंडा लगायतका फूलका माला बजारमा किन्न पाईदैन । त्यसैले काम चलाउका लागि प्लास्टिक माला किनेको छु,’ नेपालगन्जका नेहा शर्माले भनिन्,‘मखमलीको माला त झन पाउँदै पाउँदैन ।’ बाँकेमा अझै पनि व्यवसायिक फूलका् खेती हुन सकेको छैन । ठूला कार्यक्रमहरु गरिंदा काठमाडौं र भारतबाट फूलको माला मगाउने गरिन्छ ।
    कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बाँकेका दुई जना किसानले फूलको खेति सुरु गरेको बताउँछन् । कोहलपुर र राँझाका दुई जनाले करिव डेढ कठ्ठा जग्गामा खेति गरिरहेको उनले जनाए । ‘बाँकेमा भर्खरै फूलको खेति सुरु भएको छ । व्यवसायिकरुपमा भइसकेको छैन ।

  • २८ कार्तिक २०७७, शुक्रबार ०९:०० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार