यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको प्रक्षेपण सफल - Dastabej

यूएईको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको प्रक्षेपण सफल


  • दस्तावेज

  • संयुक्त अरब इमिरेट्स (यूएई) का मङ्गल ग्रहको लागि ऐतिहासिक अन्तरिक्ष अभियान सुरु भएको छ । यो अभियानको उपग्रह जापानबाट छोडिएको छ ।

    होप नामक उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको हो । यो उपग्रहले ५० करोड किलोमिटरको दुरी पार गरेर मङ्गल ग्रहको मौसम र जलवायुको अध्ययन गर्ने बीबीसीले जनाएको छ ।

    यसअघि खराब मौसमको कारण यो अभियान दुई पटकसम्म रोकिएको थियो ।

    होप उपग्रहलाई फेब्रुअरी २०२१ सम्म मङ्गलसम्म पुर्‍याउने सम्भावना छ । यो मिति यूएईको लागि महत्त्वपूर्ण छ किनकि त्यस समय यूएई गठनको ५० वर्ष पूरा हुन्छ ।

    यूएईको यो अन्तरिक्ष अभियान मङ्गल ग्रहको लागि यो महिना सुरु हुने अभियानमध्ये एक हो ।

    अमेरिका र चीन पनि मङ्गल ग्रहको लागि आफ्नो नयाँ अभियान सुरु गर्न गइरहेका छन् ।

  • ६ श्रावण २०७७, मंगलवार २३:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ