बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना – Dastabej

बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना


  • दस्तावेज

  • नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले अनूगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएपछि कारवाही गरेको छ । अनूगमन टोलीले शुक्राबार नेपालगन्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबाना गरी पसल बन्द गरेको हो । उक्त पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रिका लागि राखिएको पाइएको नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।बाट खाना अयोग्य ३५ किलो मासुर ९ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।
    त्यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ । अनूगमन टोलीमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगञ्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही लगायतको सहभागिता रहेको थियो । उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले बजार अनूगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताईन ।

     

  • २८ कार्तिक २०७७, शुक्रबार १३:१६ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा