नेपालगन्ज— नेपाल—भारत सीमा छुट्टयाउन दशगजा छ । दशगजा वारी नेपालगन्जको जमुनाहा गाउँ र पारी सीमावर्ती भारतीय बजार रुपैडिहा गाउँ छ । दुई मुलुक छुट्याउने यही दशगजामा बस्ती बसेको छ । सीमावर्ती दुई देशका नागरिकहरु टहरा बनाएका छन् । दशगजामा बस्ती रहेका कारण त्यस क्षेत्रमा सीमा छुट्टयाउन मुस्किल छ । त्यही गाउँ नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प छ । सीमा नजिकै नेपाल तर्फ सशस्त्र प्रहरी बल र ईलाका प्रहरी कार्यालय जमुनाहा छ । अन्र्तराष्ट्रिय कानुन अनुसार दशगजमा बस्ती बसाउन पाईदैन । तर नेपालगन्ज सीमा तर्फ बस्ती छ । अन्र्तराष्ट्रिय सीमा संबेदनशिलता बारे जानकारी अभावमा उनीहरु टहरा बनाएर बसेका हुन । ‘आजबाट होईन बर्षौदेखि हामी यहा बसेका छौ“ । हट्न कसैले पनि भनेको छैन,’ जमुनाहा गाउँका नासिद शेख भन्छन्,‘हाम्रा पुर्खाहरु यसैगरी बसे । हामी पनि बस्दै आएका छौँ ।’

क्याप्सन ः बाँकेको नेपालगन्ज उपमहानगरपालिका र सीमावर्ती भारतीय बजार रुपैडिहा छुट्टयाउने दशगजामा देखिएको बस्ती ।
जमुनाहा सीमामा स्थानीयले पशु चौपाया राख्छन् । फोहोर पनि सीमामै फालिने गरिएको छ । त्यसो त दुई मुल्ुकको सीमा छ्ट्याउने दशगजामा अन्र्तराष्ट्रिय कानुनले मानवीय गतिबिधि गर्न प्रतिबन्ध लगाएको छ । तर, बाँकेका सीमावर्ती स्थानीयहरुले भने दशगजामा नै पशुचौपाया राख्नेदेखि टहरा बनाएर बस्दै आएका छन् । भारतीय पक्षले दशगजासंग जोडेर निमार्ण गरिररहेको तटबन्धजस्तो सीमा सडक आसपासका बस्ती खाली गराएको छ । त्यस्तै बाँकेको पुर्बीदक्षिण नरैनापुर गाउँपालिका घोडादौडिहा गाउँका सीमामा पनि यसैगरी टहरा बनाइएका छन् । उनीहरु मजाले मिलेर बस्दै आएका छन् । दशगजालाई दुबै पक्षले प्रयोग गरेका छन् । स्थानीयका अनुसार नेपाल—भारत सीमा छुट्टिनु अघि दुबै गाउ“ एउटै थियो । भारतले नेपाललाई नया“ मुलुक उपहार दिएपछि आधा गाउँ भारततिर प¥यो । आधा गाउँ नेपालमा प¥यो । भारतले १० र नेपालले १० गज भूमि छोडेर सीमास्तम्भ गाडिएका छन् । दुई दाजु भाईको घर वारीपारी भएका नाताले पनि दशगजामा आउजाउ बढी भएको हुनसक्छ ।
दशगजा पहिचान गर्न समस्या भएको भन्दै दुई देशका स्थानीय प्रहरी अधिकारीले एकपल्ट खाली गराएको थियो । तर, खाली गराएको भोलीपल्टै स्थानीयहरुले दशगजालाई आंगनका रुपमा प्रयोग गर्न थालेका हुन । ‘यहा“को परम्परा यस्तै हो । यसले सीमाको सुरक्षा पनि भएको छ,’ भारतीय घोडदौडिहा गाउँका स्थानीय चुन्ना नाउ भन्छन्,‘दशगजा खाली हुन्छ । त्यसैले पशु राख्न र गोबर फाल्न सहज भएको छ ।’ आगलागि हु“दा वा अन्य विपतका समयमा सीमाका स्थानीयहरु सहयोग आदानप्रदान गर्छन् । नेपालतर्फको उक्त गाउँमा गर्मी सिजनमा बर्षेनी आगलागी हुने गरेको छ । विपतका बेला सहयोग आदानप्रदानले पनि उनीहरुबीचको सम्बन्ध कसिलो छ । त्यसैले दशगजा प्रयोग गर्दा दुबै पक्षका नागरिक आपत्ति जनाउँदैनन्