चीनमा खुल्न थाल्याे सिनेमाघर, कुल क्षमताकाे ३० प्रतिशत मात्रै दर्शक राख्न पाउने - Dastabej

चीनमा खुल्न थाल्याे सिनेमाघर, कुल क्षमताकाे ३० प्रतिशत मात्रै दर्शक राख्न पाउने


  • दस्तावेज

  • चीनमा झण्डै ६ महिनापछि सिनेमाघर फेरि खुल्न थालेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलनबाट रोक्न गरिएको लकडाउनबाट पहिलेको अवस्थामा फर्कने क्रममा चीनले सिनेमाघर पनि खुला गरेको बीबीसीले जनाएको छ ।

    चिनियाँ चलचित्र प्रशासनले कम जोखिम भएका ठाउँहरुमा सिनेमाघर खोल्न अनुमति दिएको हो । चीनका धेरैजसो ठाउँलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका सबै सिनेमाघर खुल्ने छन् ।

    गएको जनवरी महिनामा सुरु भएको लकडाउनले चीनका सिनेमाघर नराम्ररी प्रभावित भएका र केही स्थायीरूपमा नै बन्द भइसकेका छन् । खुल्ने सिनेमाघरले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेको भन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ ।

    दर्शकको शरीरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ । नयाँ सुरक्षा नियममा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न पाइने छैन ।

    सन् २०१९ मा चीनको चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो । चीनभरि ६ सयभन्दा बढी सिनेमाघर रहेका छन् ।

    कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएकाे चीनमा ८३ हजार ६ सय ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । ७८ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् र अहिले दुई सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

  • ६ श्रावण २०७७, मंगलवार २३:१९ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न