नेपालगञ्ज म्याराथनमा जोडियो एक्सन एड - Dastabej

नेपालगञ्ज म्याराथनमा जोडियो एक्सन एड

जोडिने क्रमले हाम्रो हौसला बढेको छ ।       सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ


  • दस्तावेज

  • धारा छैठौ नेपालगञ्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।
    नेपालगञ्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ ।
    एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भन्नुभयो, łकोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो – बाच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’
    उहाँले भन्नुभएको छ, łराष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिकाविरुद्ध हुने हिंसा र बलात्कारविरुद्धको आवाज हो । साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलामा कोभिड–१९ को प्रभावमा पनि यो केन्द्रित छ । असमानता र अन्यायको अन्त्य तथा समानता र न्यायको  पक्षको आवाज पनि हो यो अभियान–बाच्नका लागि हिंडौं ।’
    जहाँ चुनौती, त्यही अवसर । कोरोनाले गर्दा देशमा आठ महिनादेखि खेलकुद ठप्प हुँदा छैठौ नेपालगञ्ज म्याराथनको तयारी अघि बढिरहेको छ । अझ टोकियो ओलम्पिकमा जाने नेपाली खेलाडीको यहीबाट छनौट हुने भएकाले नेपालगञ्ज म्याराथनको गरिमा बढेको छ । सधैंझै यसपाली पनि नेपालका ‘शीर्ष’ धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुँदैछन् । नेपालगञ्ज म्याराथनमा प्रथम हुने धावकले नेपाली राष्ट्रिय झण्डा बोकेर टोकियो ओलम्पिकमा सहभागी हुन पाउने छन् ।
    पश्चिम नेपालको व्यापारिक केन्द्र, जातीय, धार्मिक तथा साम्प्रदायिक विविधताले भरिपूर्ण सद्भावको शहर हो, नेपालगञ्ज । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने अभियानअन्तर्गत नेपालगञ्ज म्याराथनलाई अघि बढाइएको छ । यो अभियानलाई सफल बनाउन नयाँ नयाँ साझेदारहरु जोडिने क्रमले हाम्रो हौसला बढेको छ ।
    सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ । कोरोनाले गर्दा प्रतियोगितात्मक यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदैछन् । जसका विजेताले राष्ट्रिय झण्डा बोकेर टोकियो जाने अवसर पाउने छन् ।
    शहरका प्रतिष्ठित व्यक्तिहरुलाई सडकमा दौडाउने हाम्रो अभियान जारी नै रहेको छ । प्रतियोगिताको अर्को आकर्षणका रुपमा कर्पोरेट रनमा शहरका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुनेछन् ।

  • २९ कार्तिक २०७७, शनिबार १४:२६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार