सीमामा भारत-पाकिस्तान झडप, कम्तीमा १६ जनाको मृत्यु - Dastabej

सीमामा भारत-पाकिस्तान झडप, कम्तीमा १६ जनाको मृत्यु

ईकान्तिपुरबाट


  • दस्तावेज

  • जम्मू(कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार भएको झडपमा १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् । भारतीय अधिकारीका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारण, तीन जना सैनिक र एक जना बीएसएफ जवानको मृत्यु भएको छ । भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ । पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।

     

  • २९ कार्तिक २०७७, शनिबार १५:०० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता