अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोपले प्रतिरक्षा प्रणाली थप बलियाे पार्ने सङ्केत, 'ठूलाे सफलता' - Dastabej

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोपले प्रतिरक्षा प्रणाली थप बलियाे पार्ने सङ्केत, ‘ठूलाे सफलता’


  • दस्तावेज

  • बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले प्रतिरक्षा प्रणालीलाई सङ्केत दिन थालेको छ ।

    खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियाे बनाउने सङ्केत दिन थालेको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । काेभिड–१९ विरुद्धकाे खाेप विकासमा विश्वविद्यालयले ठूलाे सफलता हात पारेकाे हाे ।

    एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टिबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने खबरमा उल्लेख छ । अहिले देखिएका लक्षणहरु कोरोना भाइरसबाट मानिसलाई सुरक्षा प्रदान गर्न पर्याप्त र अत्यन्तै आशाजनक रहेको विश्वविद्यालयले जनाएको छ ।

    खोपबारेमा अझ ठूला परीक्षणहरु भइरहेका बताइएको छ । बेलायतले यसअघि नै यस खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

    विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एक करोड ४६ लाख ८३ हजारभन्दा बढीमा सङ्क्रमण हुँदा ६ लाख नौ हजारभन्दा धेरैको ज्यान गएको छ । ८७ लाख ६६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

  • ६ श्रावण २०७७, मंगलवार २३:१८ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा