थोत्रो मोटरसाईकलमा सरर मेयर  - Dastabej

 थोत्रो मोटरसाईकलमा सरर मेयर 

कार नचढ्ने मेयर


  • दस्तावेज

  • नेपालगन्ज— भे ४ प ७६२७ नम्बरको पुरानो निजी प्लेटको पुरानो मोटरसाईकल । यही मोटरसाईल प्रयोग गर्दै आएका छन्, बाँके बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल । बाँकेमा हाल भे १० प नम्बरका मोटरसाईकल सडकमा कुदिरहेको छ । यसले उनले चलाएको मोटरसाईकल कति पुरानो हो भन्ने थाह पाउँन सकिन्छ । थ बाँकेकै अन्य स्थानीय सरकार प्रमुखहरुले आधा करोड बढीको स्कारपीयो गाडी प्रयोग गरिरहेका बेला उनले आफ्नै थोत्रो मोटरसाईलकमा हिड्छन् । कतिपयले उडाउँछन्—‘प्रमुख भएर यस्तो थोत्रो मोटरसाईकल चढ्ने ?’ तर उनी निशंकोच भन्छन्,‘जनताले तिरेको करबाट आफूलाई महगोो कार किन्दिन । किन्न पनि दिन्न । बरु त्यो रकमबाट विकासका कामहरु गर्छु ।’
    सर्वसाधारणहरुको करबाट करोड पर्ने कारमात्रै किनेर पुग्दैन । चालक चाहियो । पीए हुनै प¥यो । गाडीमा इन्धन भर्नै प¥यो । ‘त्यसो गर्दा गाडि किन्ने रकम बाहेक इन्धनमामात्रै पौने करोड बार्षिक खर्च हुन्छ । यो रकम जोगाउने हो भने एउटा सानो विकासको काम हुनसक्छ,’ प्रमुख रुचाल भन्छन्,‘त्यसैले गाडी किनेर चढ्ने सपना मेरो छैन ।’ उक्त गाउँपालिकामा तत्कालिन गाउँ विकास समितिले खरिद गरेको एउटा मोटरसाईकल छ । हाल एउटा स्कारपीयो किनिएको छ । उक्त गाडी स्वास्थ्य, कृषि, शिक्षा लगायतका शाखाका लागि आवश्यक पर्ने समाग्री बोकिन्छ । कहिलेकसो जिल्ला बाहिर जान पर्यो भने कर्मचारीले प्रयोग गर्छन । ‘वाहिर जिल्ला जान परे वर्षमा एक÷दुई पल्ट म पनि गाडी चढ्छु । होईन भने मेरो मोटरसाईकल छँदै छ नि,’ उनले भने ।
    त्यो मोटरसाईकलमा कर्मचारीहरु चढ्छन् । पालिका प्रमुख नै आफ्नो निजी सवारी साधन प्रयोग गरेपछि वडाध्यक्षहरु पनि त्यसै गरेका छन् । तर इन्धन भने पालिकाबाटै लिएको उनले सहजै स्वीकार छन् । ‘बढी पनि लिएका छैनौ । आवश्यक परेको मात्रै इन्धन लिन्छौ,’ पालिका प्रमुख भन्छन्,‘सकेसम्म इन्धन लगायतका अन्य शिर्षकमा सकेसम्म कम खर्च होस ।’ उनले आन्तरिक स्रोतबाट कार्य अवधिसम्म आफ्नो लागि महंगो सवारी साधन नकिन्ने प्रतिबद्वता जनाए ।

    क्याप्सन ः बाँके बैजनाथ गापालिकाका प्रमुख मानबहादुर रुचाल आफनो निजी मोटरसाईकलमा ।

    आर्थिक अवस्था माध्यम खाले रहेका प्रमुख रुचाल सादगी जीवन बिताउँन रुचाउँछन् । त्यसैले उनको जीवनशैली भडकिलो छैन । उनको कार्यकक्षमा चिसो तातो गर्ने एसी पनि राखिएको छैन । उपप्रमुख र अन्य कर्मचारीका कार्यकक्षमा समान्य पंखा राखिएका छन् । सभा हलमा एसी राखिएको छ । एक गैर सरकारी संस्थाको साझेदारी परियोजनाले सभा हलमा एसी जडान गरि दिएको हो । तर बिद्युत आपुर्ती अनियमित भएका कारण त्यो पनि सन्चालनमा छैन । पालिका प्रमुखको घरमा पनि एसी छैन । ‘पाँच वर्षका लागि जनताको सेवा गर्न आएका हौँ । भड्किलो जीवन शैली सिक्न आएका हैनौ,’ उनले भने,‘अबको राजनीति जीवन के हुन्छ थाह छैन । त्यसैले आफ्नो परिबेश भुल्न हुँदैन ।’
    कार्य अवधि पूरा भइसकेपछि पहिले कै जीवन शैलीमा जीउनु पर्ने कुरा उनलाई राम्रै गरी थाह छ । त्यसैले सुविधाभोगी हुन नखोजेको उनको तर्क । पालिका प्रमुख हुँदा र बिदाई हुँदाको जीवन शैलीमा फरक नपरोस भन्नेमा उनी सचेत छन् । ‘पालिका प्रमुख हुँदा करोडको गाडी चढ्थ्यो । एसीमा बस्थ्यो । बिदाई भएपछि त्यही थोत्रो मोटरसाईकलमा हिड्छ भनेर कसैले भन्न नसकोस,’ प्रमुख रुचाल भन्छन्,‘त्यस तर्फ म निकै सचेत छु ।’ उनको कार्यकक्षमा शिशाको ढोका छ । त्यो पनि आफै खुल्ने र बन्द हुने गर्छ । शिशाको बन्द ढोका देखेर सेवाग्राही प्रवेश गर्न डराउन सक्छन् । त्यसैले उनले सेवाग्राहीले देख्ने गरी ढोका खोलेर राख्छन् । ‘गाउँका सेवाग्राहीहरु ढोका बन्द भएको देखेर धक मान्न सक्छन् । प्रमुख छैन भनेर फर्किन सक्छन्,’ उनले भने,‘त्यसैले कार्यकक्षमा बस्दासम्म ढोका खोलेरै बस्छु ।’

    क्याप्सन ः बाँके बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल आफ्नो निजी मोटरसाईकलमा । तस्बिर ः दस्ताबेज

     

  • ३० कार्तिक २०७७, आईतवार १२:४६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा