बिपि चोकमा रहेको कपास गोदाममा भीषण आगलागी (तस्वीर सहित) - Dastabej

बिपि चोकमा रहेको कपास गोदाममा भीषण आगलागी (तस्वीर सहित)


  • सुनिल रेग्मी

  • नेपालगन्जको बिपी चोकमा रहेको एक कपास गोदाममा भीषण आगलागी भएको छ । आइतबार राती ८ बजे उक्त गोदाममा आगलागी सुरु भएको हो।बिपि चोक स्थित मोहम्मद हुसेनद्वारा संचालित न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी हुँदा अहिले बाँके र बर्दियाका दमकलहरुले आगलागी नियन्त्रण प्रयास गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ। आगलागी स्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख ओमबहादुर राना,नेपाली सेनाका सह-सेनानी केशब राज ओली, सशस्त्र प्रहरीका अधिकृतहरु आगलागी नियन्त्रणमा सक्रिय भुमिका निभाईरहेका छन् । आगलागी नियन्त्रणका लागि अहिले व्यापक रुपमा अग्नि नियन्त्रक लागि परेका छन् । चाडोभन्दा चाडो आगो नियन्त्रणमा ल्याउने प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भएको क्षतीको विवरण सोमबार सम्म आउने छ।

  • ३० कार्तिक २०७७, आईतवार २३:३० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार