बाँकेमा आज १९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १२ पुरुष र ७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ३ सय ९३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । आइसोलेसनमा अब १ सय ७५ जना छन् । बाँकेमा हालसम्म ३ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३७ जनाको मृत्युु भएको छ ।