धनि गाउँपालिका - Dastabej

 धनि गाउँपालिका

चालु आर्थिक वर्षमा ढुंगा गिट्टीका लागि २० करोड बढीको ठेक्का भइसकेको छ । तीन स्थानको ठेक्का हुने क्रममै छ ।


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेका ८ स्थानीय तह मध्ये राप्ती सोनारी गाउँपालिका प्राकृतिक स्रोत र साधनमा सबैभन्दा धनि देखिएको छ । उक्त पालिकामा राप्ती नदीसंगै खैरीखोला, मुगुवा लगायतका दर्जन बढी खोलानाला छन् । जहाँबाट लाखौ घन फिट ढुंगा, बालुवा, गिट्टी लगायतका नदीजन्य पदार्थहरु उत्खनन् हुँदै आएका छन् । चालु आर्थिक वर्षमा ढुंगा गिट्टीका लागि २० करोड बढी ठेक्का भइसकेको छ । तीन स्थानको ठेक्का हुने क्रममै छ । यसअघि त्यस बापत तत्कालिन जिल्ला विकास समितिले १० करोड रुपैयाँ बार्षिक आम्दानी गर्दै आएको थियो । स्थानीयले पनि ढुंगा, गिट्टी र बालुवाको कारोबार गरी कमाई गर्दै आएका छन् । यद्यपि जिल्ला समन्वय समितिले अनुमतिविना नदीजन्य पदार्थ झिक्न स्थानीयलाई रोक लगाउँदै आएको थियो । पालिकाले यो वर्ष समयमै ठेक्का दिएका कारण आम्दानी बढेको हो । त्यही पालिकामा २५ बढी सामुदायिक वन परेपछि प्राकृतिकरुपले पनि धनि भएको छ । बाँकेका अधिकांश वन क्षेत्र त्यहाँ परेको छ । एउटै सामुदायिक वनले बार्षिक १० लाख बढी आम्दानी गर्दै आएको छ । राप्ती पीडित गुलरीय सामुदायिक वनले आम्दानी गरेको रकमबाटै हरेक वर्ष तटबन्ध निमार्ण, सडक ग्रायभल र कलभर्टहरु बनाउने लगायतका विकासको काम गर्दै आएको छ । उक्त पालिकाले प्राकृतिक स्रोध र साधनको प्रयोग गर्ने अधिकार पाए नगरपालिकाभन्दा पनि बढी राजस्व संकलन गर्न सक्ने छ । यसअघि पनि प्राकृतिक स्रोध र साधन उपभोग गरेवापत जिल्ला समन्वय समितिले केही प्रतिशत राजस्व स्थानीयलाई उपलब्ध गराउँदै आएको थियो ।
    राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम चौधरीले प्राकृतिक स्रोत र साधनको उपभोग स्थानीय सरकारले ठेक्कामा दिएको जनाए । उनले नदी र खोलानालाको वातावरिण प्रभाव मुल्यांकन गरी ठेक्का ँदिएको जनाए । ‘हामी प्राकृतिक स्रोत साधनका लागि निकै धनि छौँ । यहाँबाट उठ्ने कर यही खर्च गरेर गाउँपालिकालाई विकासको सम्बृद्धि तर्फ लैजाने प्रयासमा छौँ,’ उनले भने,‘प्राकृति स्रोत र साधनको सदुपयोग गरी विकासको गति बढाउने छौँ ।’ त्यहाँका नदी र खोलानालामा आधा दर्जन बढी क्रसर उद्योग स्थापना गरिएका छन् ।
    राप्ती सोनारीसंगै जोडिएको नरैनापुर र डुडवा गाउँपालिकालाई छुने गरी राप्ती नदी बगेको छ । केही सामुदायिक वन छन् । बालुवाबाहेक दुई पालिकामा प्राकृतिक स्रोत र साधनको अभाव छ । जसका कारण ति पालिकाहरु आर्थिकरुपले कमजोर देखिएका छन् । बैजनाथ, खजुरा र जानकी गाउँपालिका पनि प्राकृतिक स्रोत र साधनमा कमजोर देखिएका छन् । जानकी गाउँपालिकामा सामुदायिक तथा सरकारी वन र नदी नाला छैनन् ।

  • ३ मंसिर २०७७, बुधबार १४:५२ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न