सबै मिलेमा के यो सम्भव छैन र ? - Dastabej

सबै मिलेमा के यो सम्भव छैन र ?


  • पर्बते जेठो

  • बर्दियाको पुजि बाहिरीएको कारण नै बर्दिया पछाडी परेको हो । हिजोका दिनमा जमिन्दारी प्रथाका कारण जिल्ला भन्दा बाहिरका मानिसहरुको नियन्त्रणमा जग्गा जमिन थियो । बिस्तारै बसाइँसराइ, भुमिको हदबन्दी, पुर्नबासका कारण जग्गा जमिन टुक्रिदै गयो । बर्दियामा पंचायत काल देखि आज संम आशा लाग्दो बिकास जनताहरुले देख्न सकेका छैनन्। शिक्षा स्वास्थ रोजगारिका अबसर, भौतिक पुर्बाधारको बिकास हुन सकेको छैन। आज पनि बर्दियामा कमाएको पुजि नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन, पोखरा, काठमाडौ तर्फ पलायन भएको छ। यसरी पुजि पलायन हुनु निकै दुस्खद हो । के यहाँ संभावना नभएकै होत कदापि होइन । बर्दियामा धेरै संभावना बोकेको जिल्ला हो । पर्यटन, कृषि, औद्योगिक बिकासको राम्रो संभावना देखिन्छ। अबको ५ बर्षमा हरेक स्थानीय तहमा सडकका पुर्बाधार तयार हुनेछ्न्। मुर्तिहा भुरिगाउ, गुलरिया राजापुर सडक, भुरिगाउ तेलपानी सडक, रजनवा रंम्भापुर सडक, जमुनी फुटाहा कन्ठपुर सडक, राजापुर रिङ्गरोड, बबई सिचाइको बिस्तारको काम, बबई नदि नियन्त्रण, भेरि बबई ड्राइभरसन, नेपालगन्ज गुलरिया सडक बिस्तारका काम संपन्न हुनेछ्न। त्यसपछी यस जिल्लाको हरेक क्षेत्रको संभावना अझ बढेर जानेछ।
    संघीय प्रदेश माननीय सहित जिल्ला समन्वय समितिको अगुवाइमा अब प्रत्येक पालिकाहरुले जिल्लामा अब के गर्न सकिन्छ भन्ने सबालमा छलफल बहस चलाएर एक सार्थक योजना बनाउन जरुरी छ। बर्दियाका ८ पालिकाले फरक फरक खालाका ८ बटा ठुला बिकासका पुर्बाधारका संबन्धमा योजना बनाउन जरुरी देखिन्छ। राजापुर र गेरुवा कृषिको हब क्षेत्र र कृषि कलेज, ठाकुरद्वारा मधुवन पर्यटनको हब र पर्यटन शिक्षालय, बारबर्दिया गुलरिया पशुपालन केरा, बदाम, तरकारी खेतिको क्षेत्र र बबई नदि तटिय क्षेत्रमा गृन करिडोर, विभिन्न स्थानमा पर्यटन स्थलको बिकास, बासगडि बढैयातालमा औद्योगिक क्षेत्रको बिकास गर्न सकिने संभावनालाई समन्वयात्मक तरिकाबाट अगाडि बढाउन अब ढिला भैसकेको छ। कुभ्भरको कपास बिकास समितिको क्षेत्रमा बहुउद्देश्यीय कलेज, अस्पताल, कृषिमा आधारित औद्योगिक क्षेत्र बनाउन सकिन्छ । बाटो पुल पुलेसा साना तिना योजना बार्डस्तरलाइ जिमा दिएर पालिकाहरुले समयात्मक ढ्ङ्गबाट बर्दियालाई बिकास गर्न तिर सोच्न अब ढिला भै सक्यो है ।

    पर्वते जेठो बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुन ।

  • ३ मंसिर २०७७, बुधबार १६:०८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार