भरतपुर अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. राजन पाण्डेले राजीनामा दिएका छन् ।
अस्पतालको विकास गर्ने जिम्मेवारी बोकेका पाण्डे दुई महिना कटेपछि जिम्मेवारीबाट पछि हट्दै स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएका हुन् । अस्पताल भित्रको राजनीतिक खिचातानीको कारण उनले राजीनामा दिएको भन्ने धेरैको अनुमान छ । उनले भने, ‘ म फिजिसियन हुँ मलाई बिरामीको उपचारमै रमाइलो लाग्छ । ब्यवस्थापनको पाटोमा मन रमाएन । मेरो नियमित जिम्मेवारी भनेको बिरामीको उपचार हो त्यसैमा लाग्छु ’ । (नारायणी अनलाइन बाट सभार)