नेपालगन्ज— कोरोना संक्रमित दांग तुलसी नगरपालिकाका ५६ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान करिव साढे २ वजे मृत्यु भएको छ । उनलाई कार्तिक २७ गते दांगबाट उपचारका लागि ल्याइएको थियो । यससंगै बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये ४० जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बा“केका ३७ को मृत्यु भएको छ । बाकेमा २ सय १९ जना होम आइसोलेसनमा छन् ।