रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निर्माण गरे - Dastabej

रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निर्माण गरे


  • मनोज डांगी

  • रुकुम पश्चिम— रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निर्माण गरेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकासहित सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् । जिल्लामा पहिलोपटक आठबीसकोट नगरपालिकाले ०७५ असोज १२ गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । वडा नं ९ को राडीस्थित स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शैयाको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगर उपप्रमुख गीता नेपालीले बताईन । हाल आठबीसकोट नगर अस्पतालमा दैनिक १ सयसम्म बिरामीको उपचार भइरहेको छ । दैनिक १० जना बिरामी इमर्जेन्सीमा भर्ना हुने गरेको अस्पताल प्रमुख मणिराज शाहले बताए । उनका अनुसार अस्पतालमा डिजिटल एक्स–रे सेवाका एक, आईसीयू, चार, जिटल मोनिटर सहितका शैया छन् । साथै फार्मेसी, ल्याब र प्रसूति सेवा पनि नियमित प्रवाह भइरहेको उपप्रमुख नेपालीले बताईन । सानीभेरी गाउँपालिकाले ०७६ फागुन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले चौबीसै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउँछन् । अस्पतालको संरचनाअनुसार अहिले १० शैया उपलब्ध छ । चौरजहारी नगरपालिकाले पनि शहीद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं १० को शहीद स्मृति मैदानमा एक साताअघि ५ शैयाको अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार सेवा प्रदान गर्दै आएका छन् । त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं ३ का खारानेटामा अस्पताल सञ्चालन भइरहेको हो । नयाँ भवन बनेपछि चिकित्सकीय सेवासहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार ०७:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार