मंसिर ३ सल्यान
सल्यानमा गुडि रहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । सल्यानको वाफुखोलाबाट दाङ्ग जादै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको छ ।
बुधबार बिहान बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसी गम्भिर घाइते खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसके पछि सल्यान जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि सल्यान अस्पताल पुर्याएका खड्कालाई अस्पताल लगेलगत्तै मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छ्न । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापा क्षेत्रीले बताएका छ्न