नेपालगन्ज— बाँके डुडवा गाउँपालिका ४ की २० वर्षीया रीनाको विवाह रोकिएको महिनौ बितिसक्यो । कोरोनाको महामारी सुरु भएपछि नेपाल—भारत सीमा बन्द भएका कारण विहे रोकिएको हो । भारतको बहराईच जिल्ला कटैयागाउँबाट विहे हुने कार्यक्रम तय भइसकेको थियो । लकडाउन सुरु भयो । आजभोली भन्दै विहेबारी रोकियो । सीमा खुल्ने अनिश्चित छ । जसका कारण विहे रोकिने समय लम्दिै गएको हो । दुलहा पक्ष जन्ति लिएर आउने तयारीमा छन् । तर धेरैको हुल सीमा पार गर्न स्थानीय प्रशासनको अनुमति लिनुपर्छ । ‘तीन चार जना आएर बिहेबारीमा सहभागि भए हुन्थ्यो । तर दुलहा पक्षले जन्ती लिएर आउँछु भन्ने खबर पठाएका छन्,’ रीनका दाई शाकिरअली शैयले भने,‘आजभोली सीमा खुल्छ कि भन्दै बहिनीको विहेको समय लम्बिदै गएको छ ।’ उनले बिहेबारीको सबै तयारी पूरा गरिसकेका थिए । तर सीमा नखुलेका कारण खानपीनको समाग्री फेरि पनि तयारी गर्नुपर्ने अवस्था आएको उनले सुनाए । ‘बिहेबारीमा आफन्त जम्मा हुन्छन् । भिड लाग्छ । त्यसैले बहिनीको बिवाह गर्न सम्भव भइरहेको छैन,’ उनले भने । उनका अनुसार गाउँका तीन चार जनाको विहेबारी रोकिएको छ । भारतबाट विहेबारी गर्नुपर्ने छ तर सीमा बन्द छ । शैयदले एक आफन्तले केही दिनअघि दुईतीन जना जन्ती गएर भारतबाट विहेबारी गरेको बत
बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाउँका गोपाल चौधरीको भारत बहराईच बिचिया नजिकैको कारीकोटबाट बिहेबारी गर्ने समय बैशाखमै तय भएको थियो । तर लकडाउन सुरु भएपछि हालसम्म विवाह रोकिएको छ । विहेका लागि तयारी गरिएको समान र श्रम खेर गएको छ । विहेका लागि जिता (मासू) का लागि खसी र सुगुर खाजेका थिए । पहुनालाई खुवाउन रोक्सी बनाएका थिए । ‘सबै तयारी पूरा थियो ।एकाएक कोरोनाका कारण लकडाउन सुरु भयो । छोराको विहे रोकियो,’ गोपालका बुबा सुन्दरा चौधरी भन्छन्,‘नेपाल—भारत सीमा खुल्ने अनिश्चित छ । विहेबारी पनि रोकिएको छ ।’ नेपाल—भारतबीच रोटीबेटीको सम्बन्ध छ । तर कोरोनाका कारण पश्चिचम तराईका सयौँ विहेबारी रुकेको छ । स्थानीय प्रशासनले भने केन्द्र सरकारले निर्णय गरेपछि मात्रै सीमा खुल्ने जनाएको छ । बिहेबारी रोकिएपनि नेपालगन्ज नाका भएर दैनिक सयौं नेपालीहरु कामको खोजीमा भारत पसिरहेका छन् ।