ट्रकको ठक्करबाट सुर्खेत बोटेचौरमा एक जनाको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए । गुर्भाकोट नगरपालिका ९ का ४८ धनबहादुर भण्डारीको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता
पुनले जनाए । उनकाअनुसार दुर्घटनामा सोही ठाउँका ८ वर्षीय बालक भीमबहादुर खड्का, एक वर्षीय बाल भुवन खड्का घाइते भएका छन् । घाइते दुवै जनाको उपचारको लागि नेपालगञ्ज लगिएको छ । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको पहिचान नभएको खत्रीले बताए । ट्रकलाई प्रहरी चौकी मेहलकुनाले नियन्त्रणमा लिएर चालकको खोजी भइरहेको छ ।