तीन प्रदेश जोड्ने सेतु—तेलपानी सडक - Dastabej

तीन प्रदेश जोड्ने सेतु—तेलपानी सडक

भुरीगाउँ तेलपानी सडकले लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने छ । छोटो दुरीको ५१ किलोमिटर सडक बिस्तारसंगै कर्णालीमा महँगी घट्ने छ ।


  • दस्तावेज

  • क्याप्सन ःसुदुरपश्चिम र कर्णाली प्रदेशको लाइफलाईन जोड्ने छोटो दुरीको सडक । तस्बिर ः दस्ताबेज ।
    नेपालगन्ज— पाँच दशकअघि चिठीपत्र पु¥याउन पैदल प्रयोग हुने भुरीगाउँ—तेल पानी सडक सुदुरपश्चिम र कर्णाली प्रदेशको लाईफलाईनको रुपमा बिस्तार हुने बाटो खुलेको छ । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्न निकै छोटो दुरीको ५१ किलोमिटर सडक निमार्णका लागि सर्बोच्च अदालतले निकास दिएपछि उक्त सडक बन्ने बाटो खुलेको हो । सरकारले उक्त सडक निमार्णका लागि बजेटसमेट छुट्याउन थालेको छ । बर्दिया राष्ट्रिय निकुन्जमा पर्ने भएका कारण उक्त सडक बिस्तारका लागि विवाद हुँदै आएको थियो । सडक बिस्तारसंगै त्यहाँबाट एक घण्टामै वीरेन्द्रनगर पुग्न सकिने छ । ठाकुरबाबा नगरपालिका २ भुरीगाउँ अम्रेनीदेखि कर्णाली प्रदेशको बरहाताल गाउँपालिका तेलपानी हुँदै कर्णालीसम्म चिठीपत्र पु¥याउन ०२५ सालमा जिल्ला पन्चायतले हुलाकी सडकको ट्रयाक खोलेको थियो । हुलाकीहरुले त्यही बाटो भएर चिठीपत्र बोक्न आउजाउ गर्थे । कर्णालीका सर्वसाधारणहरु बर्दिया आउन पैदल त्यही बाटो प्रयोग गर्थे । एक दिन पैदल हिडेरै वीरेन्द्रनगर पुग्न सकिने स्थानीय बताउँछन् । बर्षा सिजनबाहेक उक्त सडकमा सार्वजनिक साना सवारी साधनहरुबाट यात्रु बोक्ने गरिएको छ । तर सडक बिस्तार र मर्मत हुननसकेका कारण बर्षा सिजनमा सवारी साधन बन्द हुने गरेका हुन । ‘बर्दियाका लागि मात्रै होईन सिंगो सुदुरपश्चिम प्रदेशका सर्वसाधारणहरुलाई कर्णाली पुग्न सबैभन्दा छोटो दुरीको बाटो यही हो । सडक बिस्तार हुनसक्ने हो भने घण्टाभरमै कर्णाली पुग्न सकिन्छ,’ भुरीगाउँ—तेलपानी सडक निमार्णका लागि लामो समयदेखि वकालत गर्दै आएका हरीबहादुर थापा भन्छन्,‘उक्त सडक प्रदेश ५ को पश्चिम क्षेत्र, सुदुरपश्चिम र कर्णाली प्रदेशको लाईफलाईन बन्छ ।’ छोटो दुरीको सडक भएका कारण कर्णाली र तराईको उत्पादन सहजै ल्याउन पठाउन सकिन्छ । दैनिक उपभोग्यबस्तुको मुल्य सस्तोमा कर्णालीबासीले उपभोग गर्न पाउने छन् । बर्दिया र सुदुरपश्चिमका सर्वसाधारणलाई कोहलपुर भएर वीरेन्द्रनगर पुग्ने झन्झट हट्ने छ । ‘तेलपानी सडकले कर्णालीकोमात्रै होईन सुदुरपश्चिम प्रदेशको मुहार फेर्न सक्छ । कम दुरी भएकाले ढुवानी खर्च कम पर्छ,’ थापा भन्छन्,‘कर्णालीमा खाद्यन्न महंगो पर्नुको कारण ढुवानी मुल्य बढी पर्ने नै हो । यो सडकले महँगीलाई घटाउन सहयोग पु¥याउछ ।’ भुरी गाउँदेखि कोहलपुरसम्म पुग्न ५४ किलो मिटर दुरी पार गर्नुपर्छ । कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्न रत्न राजमार्ग हुँदै १ सय २ किलो मिटर यात्रा गर्नुपर्छ । जसका कारण समय बढी लाग्छ । ‘तेलपानी सडक निकै छोटो बाटो हो । यसले तीन वटै प्रदेशलाई सहजै जोड्छ,’ सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी नेत्रबिलास पौडेल भन्छन्,‘त्यसैले सरकारले त्यसलाई प्राथमिकतामा पारेर बजेट छुट्याएको छ ।’ उनका अनुसार सडक निमार्णका लागि डिपिआर तयार भइसकेको छ । सडक निमार्ण गर्दा हुनसक्ने वातावरणीय प्रभाव मुल्यांकनको काम भइसकेको छ । वन मन्त्रालयले स्वीकृत गरेपछि सडक बिस्तारको काम सुरु हुने छ ।

     

  • ५ मंसिर २०७७, शुक्रबार १३:३३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा