मोडेल अन्जली अधिकारीको बर्दियादेखि काठमाडौंसम्मको यात्रा (फोटोसहित) – Dastabej

मोडेल अन्जली अधिकारीको बर्दियादेखि काठमाडौंसम्मको यात्रा (फोटोसहित)

 गलबन्दी च्यातियो तिम्ले तानेरको कथा


  • दिपेन्द्र केसी

  • नेपालगन्ज— बर्दिया बढैयाताल गाउँपालिका ३ सिमराकी अन्जली अधिकारी अहिलेको हिट मोडेल हुन । हालसम्म उनी करिव दुई सय बढी भिडियोमा मोडलिङ गरिसकेकी छन् । ‘प्रसाद’ चलचित्रको ‘वनकी चरी’ गीतमा मोडलिङ गरेपछि चर्चाको शिखर चुमिन । सुन्तली धुर्मुसको सेन्टीभाइरस चलचित्रको ‘फनफनी’ गीतमा उस्तै जमिन ।

     

    प्रकास सपुतको ‘गलबन्दी च्यातिएर।।’ मा मोडलिङले सबैको हाईहाई भएकी छन् । हाल आफूलाई मन परेका भिडियोमात्रै खेल्ने गरेको उनी सुनाउँछिन । बर्दियाको बढैयाताल गाउँपालिकाबाट उनी कसरी काठमाडौं पुगिन रु कति हण्डर खाईन त्यो भने इन्ट्रेस्टिङ छ । चार वर्षअघि घरदेखि ५ किलो मिटर बासगढी बजारमा महोत्सव लाग्यो ।

    काठमाडौंबाट शंकर बिसी, बद्री पँगेनी, पशुपति शर्मा लगायत कलाकार आएका थिए । बद्रीले दोहोरीमा प्रतिस्पर्धा गर्न चुनौती दिए । स्टेज तल बद्रीले गाएको गीतमा जसले सबैभन्दा राम्रो र जर्बजस्त नाच्न सक्छ, त्यसलाई पाँच सय रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । ‘पूरा दिल खोलेर नाचेँ । पछि फस्ट पनि म नै भएँ । पाँच सय रुपैैयाँ पनि पाएँ,’ उनले भनिन्,‘पुरस्कार पाएपछि कलाकारितामा रुचिबारे सुनाएँ । त्यसपछि बद्री दाइले ‘हुन्छ, सुरुमा एउटा गीतमा चान्स दिन्छौँ भन्नु भो ।’


    त्यसो त प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनलाई धेरैले चिन्न पाएका थिए ।

     

    छोरी मान्छे फिल्म क्षेत्रमा लागेपछि अनेकथरी कुरा काट्न थाल्छन् ।

    छोरीलाई नाच्न पठाएको भन्दै टिप्पणी गरिन्छ ।

    ‘तर ममीको पूरा सहयोग थियो ।

    बाबाको सपना त मलाई स्टार्फ नर्स बनाउने थियो तर हिरोनी बन्न भागेर काठमाडौं आइपुगेँ,’ उनले भनिन् । उनका अनुसार हिरोनी बन्न काठमाडौं भागेपछि उनका बुबा रिसाएका थिए ।

    ‘तर मेरा भिडियोहरु रिलिज हुन थालेपछि पोजिटिभ हुन थाल्नुभयो । हाल बाबाले बढी सेयर गर्नुहुन्छ,’ अन्जलीले सुनाईन,‘एउटा कुरा नि, हिरोनी बन्ने रहर मरेको छैन । भविष्यमा बन्ने हो ।’

     

  • ५ मंसिर २०७७, शुक्रबार १९:५८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ