नेपालगन्ज— कोरोना संक्रमित कोहलपुर नगरपालिका ११ का ६८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगजमा मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएका उनउको कार्तिक २९ गते संक्रमण देखिएको थियो । शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार नआएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो ३ वजे मृत्यु भएको अस्पालतले जनाएको छ । यससंगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।