नेपालगन्ज म्याराथन : सशस्त्रका गोपीचन्द्र र पुष्पालाई उपाधि - Dastabej

नेपालगन्ज म्याराथन : सशस्त्रका गोपीचन्द्र र पुष्पालाई उपाधि

नेपालगन्ज म्याराथन जित्दै गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छानिए


  • मंसिर ६, २०७७रूपा गहतराज, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना ekantipur.com

  • नेपालगन्ज — छैटौं नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन्  । उनी १३ औं सागका स्वर्णपदक विजेता समेत हुन् ।

    तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनानेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् ।

    नेपालगन्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।

    पहिलो स्थान हात हात पारेसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएका नवराज साउदले १०, पाचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

    महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।

    १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ हात पारिन् ।

    लुम्बिनी प्रदेशिक शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

    चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकालिन् । लुम्बिनीकै अनिशा चौधरी पााचौ तथा कल्पना चौधरी छैटौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि परिन् । चौथोलाई ७, पाचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

    विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्षझैं म्याराथनको छैटौं संस्करण शनिबार नेपालगन्जमा आयोजना भइरहेको हो । यो प्रतियोगिताले खेलाडी मात्र होइनन् विभिन्न सरोकारवाला पनि हौसिएका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकबाट सुरु भएर कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुन: बीपी चोकमा सकिने म्याराथनमा राष्ट्रियस्तरका खेलाडीले सहभगी छन् ।

    नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ ,दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा ,चौथो संस्करणमा नेपाल पुलीस क्लबका भूमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

    त्यस्तै महिला म्यारमथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसेकेकी छन् । गत पाँचाैं संकरणमा सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित हात पारेकी थिइन् ।

  • ६ मंसिर २०७७, शनिबार १७:०४ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न