अहिले को पुस्ता त तिनछक नै पर्छन् सायद यो कथा सुन्दा कि कुनै समय खजुरामा जहाज ल्यान्ड हुन्थ्यो अनि जहाज बाट खजुरा उत्रेर मानिसहरु आ- आफ्नो गन्तव्य लाग्थे । हो यो कथा एकादेशको कथा होईन हाम्रो आफ्नै गाउँ खजुराको नै कथा हो जहाँ अहिले को राझामा बिमानस्थल स्थानान्तरण हुनु अघि खजुरा जहाँ अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल छ ठिक त्यही ठाउँमा खजुरा एयरपोर्ट थियो, अहिले पनि खजुराबजार लाई पाका पुराना हरु एयर्पोट र गिरान भन्ने गर्छन् , गिरान भनेको चाहिँ जहाज ग्राउन्ड भएर। खजुराबाट खोसिएको खुशी मात्र होईन खजुरा बिमानस्थल यसले त सिङ्गो खजुराको बिकास र समृद्धि मै ठुलो दुर्भाग्य निम्त्यायो। तर सधैं दुर्भाग्य र खोसिएको खुशी मै पिडाबोध मात्र गरेर बसेनन खजुराबासिहरु जसको परिणाम खजुरामा ठडियो नेपाल क्यान्सर अस्पताल । यसरी बन्यो अस्पताल अस्पताल को कथा पनि बडो चाखलाग्दो छ,एकजना सन्त खजुरास्तिथ लक्ष्मिनारायण मन्दिरमा आउनिभयो र त्यहीँ केहि समय बस्नुभयो र उहाँ ले खजुरामा एउटा राम्रो अस्पताल आवश्यक रहेको र त्यसका लागि जुट्न केहि खजुराका अगुवा लाई बोलाएर आव्हान गर्नुभयो अनि त्यहि सानो बैठक ले एउटा समिति समेत गठन गर्यो जसको नेतृत्व खजुराका उधोगी, तथा सामाजिक अगुवा उत्तमराज घिमिरे लाई दिइयो उक्त बैठक मा म आफैं पनि सहभागी थिए अनि उक्त समिति को सदस्य समेत चुनिए र अस्पताल निर्माण को संकल्प सहित सम्पन्न त्यो भेला नै अहिले को सुशील कोइराला प्रखर क्यान्सर अस्पताल को पहिलो खुड्किलो थियो जसको संकल्पकर्ता हुनुहुन्थ्यो सन्त श्री दिनदयाल जि महाराज। उत्तम घिमिरे को नेतृत्व मा रहेको उक्त समितिले औपचारिक रूपमा सस्था दर्ता लगायत का काम भै नसक्दै फेरि उक्त समिति पुनर्गठन गरि खजुराका उधोगी, सामाजिक अगुवा किस्मत कुमार कक्षपती को अध्यक्षता नयाँ समिती गठन गरियो जुन समितिले प्रखर परोपकार मिसन नेपाल नाम को समिति 2062/8/27 गते जिल्ला प्रशासन कार्यलयमा दर्ता भै औपचारिक रूपमा काम अगाडि बढ्यो जुन समिती मा प्रमुख संरक्षक का रूपमा अस्पताल का संकल्पकर्ता गुरु सन्त श्री दिनदयाल जि महाराज लाई राखियो । सन्त श्री दिनदयाल जि महाराजले अस्पताल बनाउने अभियानमा भारत का महामन्डलेश्वर प्रखर जि महाराज लाई समेत जोड्नुभयो, महामन्डलेश्वर प्रखर जि महाराज ले अस्पताल निर्माण मा आफ्नो सहयोग रहने आश्वासन सहित समिती लाई मार्गनिर्देश समेत गर्नुभयो। समितिले अथक प्रयत्न पछि गृह मन्त्रालय अन्तर्गत प्रहरी को नाममा गैसकेको खजुरा बिमान्स्थल को जग्गा नेपालसरकार बाट आफ्नो नाममा प्राप्त गर्यो।2063 बैशाख 17 गते अस्पताल को सिलन्यास महामन्डलेश्वर प्रखर जि महाराज बाट गरियो। सस्थामा केहि स्थानीय सामाजिक अगुवा , राजनीतिककर्मिहरु समेटेर रुपैयाँ ३०००/- लिएर सस्थापक सदस्य बनाइयो अनि सन्त श्री दिनदयाल जि महाराज कै योजना अनुसार अस्पताल निर्माण सहयोगार्थ महायज्ञ 2065/10/9 देखी 18 गतेसम्म संचालन गरियो, महायज्ञ मा आम खजुराबासिको उत्साहजनक सहभागिता मात्र बनेन सक्दो सहयोग समेत गरे खजुराबासिले, आसपास का जिल्ला बासिहरुबाट समेत महायज्ञमा सहभागिता जनाइ सहयोग प्राप्त भयो। धेरै खजुराबासिहरुले प्रखर परोपकार मिसन नेपाल मा रुपैयाँ ३१०००/- तिरेर आजिवन सदस्य समेत बने यसरी अस्पताल निर्माण को महाअभियान मा घर घरबाट सहभागिता जुट्यो, महायज्ञमा आफुले लगाएका गहना देखी आफ्नो क्षमता ले भ्याएभन्दापनी बढी खजुराबसिले सहयोग गरे यसको एउटा बिशेष कारण थियो खजुरा त्यहीँ जमिन जहाँ बाट जहाज उड्ने र उत्रीने गर्थो त्यही ठाउँ मा खजुराको लुटिएको खुशी अस्पताल मार्फत फर्काउने हुटहुटी। अस्पताल निर्माण सन्चालनार्थ महायज्ञमा ५ करोड रुपैयाँ उठ्यो, पहिलोपटक राज्यबाट माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपालसरकारले ५ करोड रुपैयाँ दियो र जसलाई प्रत्यकबर्ष निरन्तरता दिने निर्णय समेत गर्यो जसबाट खजुराबासिमा थप आशा र उत्साह को संचार भयो तर दुर्भाग्य भनौं वा के आज यो अस्पताल जसको नाममा छ उनै बाके जिल्ला बासी सुशील कोइराला प्रधानमन्त्री हुँदा उक्त ५ करोड रुपैयाँ रोकियो प्रखर ले पैसा पाएन। अस्पताल समुदाय बाट नेपाल सरकार लाई हस्तान्तरण यसरी समुदाय ले अस्पताल को सम्पुर्ण आधारतयार गरेर अस्पताल भवन समेत निर्माण गरिसकिएपछी क्यान्सर अस्पताल संचालन र गुणस्तरीय सेवा जनता अर्थात समुदाय बाट सम्भावना नदेखिएकाले समितिको १० औं साधारणसभा बाट सस्थाको नाममा रहेको जग्गा ६५ कठ्ठा , अस्पताल भवन सहित सम्पुर्ण सस्थाको चलअचल सम्पत्ति नेपाल क्यान्सर अस्पताल सन्चालनार्थ नेपाल सरकार लाई बुझाउने निर्णय गरियो। सस्थाले अस्पताल नेपाल सरकार लाई बुझाइसकिएपस्चात त्रीपक्षिय सम्झौता अनुसार भरतपुर क्यान्सर अस्पताल को प्राविधिक सहयोग ,नेपाल सरकार को आर्थिक सहयोग र प्रखर परोपकार मिसन नेपाल खजुराको ब्यबस्थापन हुने गरि अस्पताल थप निर्माण र सन्चालन को प्रक्रिया अगाडि बढ्यो त्यसको केहि समय पछि 2073/12/03 मा तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले अस्पताल लाई गठन आदेश 2073 अन्तर्गत लगेर अस्पताल को नाम नेपाल क्यान्सर अस्पताल बाट परिवर्तन गराइ सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनाए, जसपस्चात अस्पतालमा राजनीतिक आग्रह पुर्वाग्रह प्रवेश पायो, नाम को बिषयमा गम्भीर असहमति समेत देखा पर्यो । अस्पताल बाट जागेको आशा अहिले अस्पताल निर्माण अभियान को डेढ दशक पुरा भैसकेको छ। अस्पताल भैतिक पुर्वाधार सहित खडा छ, अहिले अस्पताल बाट ओपिडी सेवा र किमो थेरापिको सेवा शुरु भैसकेको छ भने मिति 2077/08/05 बाट अप्रेसन थिएटर को समेत शुभारम्भ गरिएको छ अब चाडैं नै खजुरा मा रहेको यश अस्पताल ले क्यान्सर रोग सम्बन्धि सम्पुर्ण सेवा दिएर अस्पताल ले गतिलिने आशामा आम खजुराबासिहरु ले सपना देखेका छन् आफ्नै आँखा अगाडि जहाज उड्ने र झर्ने गरेको अनि टागा चढेर जहाज चढ्न र जहाज बाट झरेर नेपालगन्ज फर्किने यात्रीहरु का लाम देखेको खजुराको त्यो पुस्ता खजुराको गुमेको साख क्यान्सर अस्पताल ले फिर्ता गर्ने आशा र बिश्वास जगाएर बसेका छन् । ( लेखक अस्पताल निर्माण गर्ने सस्था प्रखर परोपकार मिसन नेपालका कार्यसमिति सचीव हुन् )
1