दाङबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमित पुरुषहरुको शनिबार राती र आइतबार बिहान मृत्यु भएको छ । घोराही उपनहानगरपालिका ९ बनगाउँका ६७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार राती साढे ११ बजे र तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ६८बर्षीय पुरुषको बिहान पौने दुई बजे मृत्यु भएको हो । कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका उनिहरुलाई उपचारका क्रममा अक्सिजन, रेमडिसिभर, सिप्याप, डेक्सोना, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई मृत्यु भएको कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जनाए । यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।