नेपालगन्ज— बारबर्दिया नगरपालिकामा गठन गरिएको च्याम्पीयन अफ चेन्ज (सिओसी) मा आवद्ध किशोर किशोरीले भित्ते पत्रिका प्रकाशन गरेका छन् । उक्त भित्ते पत्रिकामा कोरोनाले बिद्यालय बन्द हुँदा पढाई रोकिएकोलाई प्राथमिकतासाथ स्थान दिइएको छ ।
त्यस्तै गाउँपालिकाले निमार्ण गरिरहेको सडकको खबर पनि छापिएको छ । बैदेशिक रोजगारमा जानु परेको पीडा, अलपत्र परेका बालवालिकाको दर्दनाक घटनालाई पनि किशोरकिशारीले उजागर गरेका छन् ।
नारीको बोल शिर्षकको कवितालगायतका सामाग्री समेटिएका छन् ।
प्लान नेपालको आर्थित्रिकाक सहयोग र भेरी बातावरणिय बिशिष्ट समूह बिगुप्र नेपालगन्जले उनीहरुलाई दुई दिने आधारभूत पत्रकारिता बारे अनुशिक्षण दिएपछि भित्ते पत्रिका प्रकाशन गरेका हुन ।
बिगु्रपले सन्चालन गरेको बालिका तथा युवा सशक्ति परियोजना बारबर्दियाका सुपरभाईजर सुमी चौधरीले किशोरकिशारीहरुले भित्रे पत्रिका प्रकाशन गरी स्थानीय मुद्दाहरुलाई उजागर गरेको बताईन ।
परियोजनाका प्रमुख दिनेश चौधरीले उक्त कार्यक्रममा जेडिएका बालवालिकाहरुले समुदायलाई सहयोग हुने गतिबिधि गरिरहेको जनाए ।