बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद हुने - Dastabej

बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कैद हुने

जयसिंह महरा ekantipur.com


  • दस्तावेज

  • काठमाडौँ — सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ ।
    सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र गराएमा थप ६ महिना कैद सजाय हुने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङफेले बताइन् । मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कार सम्बन्धीको व्यवस्था परिमार्जन गर्दै सरकारले अध्यादेश ल्याएको हो । अध्यादेशमा १० वर्ष मुनि र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने व्यवस्थालाई यथावत नै राखिएको छ । यसअघि कसुरदार ज्येष्ठ नागरिक भएमा क‌ैद मिनाहा गर्ने कानुनी व्यवस्थामा परिवर्तन गरेर अबदेखि बलात्कार मुद्दामा कैद मिनाहा नहुने व्यवस्था राखिएको मन्त्री तुम्बाहाङफेले जानकारी दिइन् । यसअघि ुमहिला तथा बालिकाु माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोमा अबदेखि ुव्यक्तिु भन्ने शब्द राखिएको छ । पुरुषमाथि पनि बलात्कार हुने भएकोले ुव्यक्तिु भन्ने शब्द राखिएको उनले बताइन् ।
    यसअघि १४ देखि १६ वर्षसम्मको बालिका बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था रहकोमा अध्यादेशमा उमेर परिवर्तन गरेर १२ देखि १६ वर्ष कैद गर्ने व्यवस्था छ । १६ देखि १६ वर्षको व्यक्तिलाई बलात्कार गरेमा १० देखि १२ वर्ष कैदको व्यवस्था परिवर्तन गरेर १० देखि १४ वर्ष कैद सजाय गर्ने अध्यादेशमा उल्लेख छ । १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेमा ७ देखि १० वर्ष कैदको व्यवस्था परिवर्तन गरेर अध्यादेशमा १० देखि १२ वर्ष कैद गर्ने व्यवस्था राखिएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश पारित गरेको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।

  • ७ मंसिर २०७७, आईतवार १६:३१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न