नेपालगन्ज— कोरोना संक्रमित अस्पताल भर्ना भएका बाँकेका ४१ जनाको स्वास्थ्य अवस्था सिकिस्त छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना स्रो व्यक्ति नरेश श्रेष्ठका अनुसार भेरी र शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएका १ सय ४ मध्ये ४१ जनाको स्वास्थ्य अवस्था सिकिस्त छ । त्यस्तै ६१ जनाको स्वास्थ्य अवस्था माध्यम खाले छ भने दुई जनाको स्वास्थ्य अवस्था समान्य छ । बाँकेमा कोरोनाका कारण ३८ जनाको मृत्यु भइसकेको छ । ३ हजार ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ छ । ति मध्ये ३ हजार ५ सय ४ जना कोरोना जितेर घर फर्किसकेका छन् ।