राज्यमन्त्री रावतद्धारा स्वास्थ्य जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता - Dastabej

राज्यमन्त्री रावतद्धारा स्वास्थ्य जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाको महामारीलाई लक्षित भेरी अस्पताल नेपालगन्जमा ८० शैयाको कोभिड वार्ड निमार्णको अन्तिम चरणमा पुगेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले
    सोमबार निरिक्षण गरेका छन् । उनले अस्पतालाई तत्काल आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालको अवस्था बारे जानकारी गराएका हुन । राज्यमन्त्री रावतसँग समितिले तत्काल आवश्यक जनशक्ति बारे लिखित माग पेश गरे ।
    त्यस्तै समितिले १५ बेडको आईसीयू र २५ बेडको एचडियूसहितको १४२ बेडको कोभिड आइसोलेसन र नन कोभिड अस्पताल संचालनका लागि जनशक्तिको व्यवस्थापन गर्न माग गरेको छ । समितिले एनेस्थेसियोलोजिष्ट, मेडिकल अफिसर, स्टाफ नर्स, सरसफाईकर्मी, सुरक्षागार्ड, कम्प्यूटर अपरेटरसहित १ सय ४८ र जनरल कोभिड तर्फ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, मेडिकल अफिसर, कम्प्यूटर अपरेटर, स्टाफ नर्स, अनमी, अहेव, सफाईकर्मी र सुरक्षागार्डगरी ७५ जना कर्मचारीको व्यवस्थापन गरिदिन माग गरेको हो । त्यस्तै सिटि स्क्यान, एमआरआई र अक्सिजन प्लान्टको व्यवस्था मिलाउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ । ध्यानाकर्षण–पत्र बुझेपछि राज्यमन्त्री रावतले समितिको मागप्रति सकारात्मक रहेको प्रतिक्रिाय दिए । अस्पतालको बृहत्तर बिकास कोभिड उपचारमा तदारूकता दिर्घकालपन रूपमा मेडिकलकलेजका रुपमा अस्पताललाई बिस्तार गर्न माग गरेका छौँ, अस्पताल विकास समितिका अध्यक्ष धितालले भने ।

     

     

     

  • ८ मंसिर २०७७, सोमबार १२:४० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा