भेरी बबई डाईभर्सनमा बाँके बर्दियाको स्वामित्व खोई ? - Dastabej

भेरी बबई डाईभर्सनमा बाँके बर्दियाको स्वामित्व खोई ?

केन्द्र सरकारकै लगानीमा ६० प्रतिशत काम भइसकेको आयोजनामा बर्दिया र बाँकेलाई सहभागिता नगराई अन्याय


  • दस्तावेज

  • क्याप्सन ः भेरीको पानी बबईमा खसाद्यन निमार्ण गरिएको सुरुङ । तस्बिर ः दयाराम खडका
    नेपालगन्ज—भेरी बबई डाईभर्सन आयोजनालाई सरकारले भेरी बबई डाईभर्सन जल बिद्युत कम्पनी लिमिटेडका रुपमा प्रस्ताव गरी शेयर वितरणमा बर्दिया र बाँकेका सर्वसाधारणहरुलाई छुटाइएको छ । सरकारले गरेको प्रस्तावमा दुई जिल्लालाई उपेक्षा गरेको भन्दै सहभागिताको माग गरिएको छ । लिमिटेडले बनाउने नीति निमार्णमा सहभागिता र शेयर वितरण कर्णाली प्रदेशका सर्वसाधारणहरुजस्तै समान प्रावधान हुनु पर्ने माग उठेको हो । हाल प्रस्ताव गरिएको अवधारणामा बर्दिया र बाँकेका सर्वसाधारणहरुलाई सहभागिता गराइएको छैन । तरे बबईबाट बर्दियाका सर्वसाधारणहरु प्रभावित बन्दै आएका छन् । बबई जलाधार क्षेत्र उपभोक्ता समन्वय समिति बर्दियाले उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रस्ताव गरेको लिमिटेडमा कर्णाली प्रदेशको स्वामित्व बढी भएको भन्दै संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । हाल प्रस्ताव गरिएको प्रावधानले दुई जिल्लाका सर्वसाधारणहरुलाई अन्याय गरेको भन्दै सच्याउन आग्रह गरेको छ । उपभोक्ता समन्वय समिति बर्दियाका सचिव दयाराम खडकाले सरकारले आयोजनालाई लिमिटेड बनाएर स्वामित्वमा दुई जिल्लालाई बन्चित गरेको बताउँछन् । ‘लिमिटेड बनेपछि कर्णाली प्रदेशमा मात्रै ४५ प्रतिशत सेयर दिने प्रस्ताव ल्याइएको छ । तर बबईबाट प्रभावित बर्दियाका लागि शेयरको छुट्टै व्यवस्था गरिएको छैन,’ उनले भने,‘केन्द्र सरकारका लगानीमा ६० प्रतिशत काम भइसकेको आयोजनामा बर्दिया र बाँकेलाई सहभागिता नगराई अन्याय भएको छ । त्यसैले उक्त प्रस्तावलाई तत्काल सच्याउन माग गरेका छौँ ।’

    सरकारले ल्याएको प्रस्तावित शेयर प्रावधानमा अधिकृत पुँजी ५ अर्ब, जारी गर्ने पुँजी १ अर्ब र तत्काल चुक्ता गर्ने पुँजी २० करोड रहेको छ । त्यस्तै ३ अर्ब १० करोड सिंचाईबाट र ३ अर्ब २३ करोड बिद्युतबाट आम्दानी गर्ने लक्ष्य राखेको छ । लिमिटेडले संस्थापक सेयर होल्डरका रुपमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ५, सिंचाई विभागले ६, बिद्युत प्राधिकरण ५, जल बिद्युत लगानी तथा विकास कम्पनीले ५, जल बिद्युत उत्पादक कम्पनीले ५ प्रतिशत लगानी गर्ने छन् । त्यस्तै कर्णाली प्रदेश सरकारको २०, प्रभावित क्षेत्रका स्थानीयले ५, आयोजनाबाट प्रभावित स्थानीयले १०, कर्णाली प्रदेशका जनताले १० र देशभरीका सर्वसाधारणका लागि २९ प्रतिशत सेयर वितरण गरिने छ । ‘बबईबाट प्रभावित हुने बर्दियाका लागि छुट्टै शेयर कोटा टुट्याइएको छैन । सिंचाई गर्ने लक्ष्य राखिएको बाँके पनि त्यो अवारधारणामा परेन । हामीलाई अन्याय भयो,’ समन्वय ईकाई समितिका सचिव खडका भन्छन्,‘यसका लागि प्रदेश र केन्द्र सरकारलाई गुहारेका छौँ ।’
    सिंचाईबाट ३ अर्ब १० करोड आम्दानी हुने लक्ष्य राखिएकाले भोलीका दिनमा किसानलाई पानी किन्नु पर्ने बाध्यता आईलाग्ने अशंका गर्न थालिएको छ । ‘तत्काल नै अवधारणा नसच्याउने हो भने लिमिटेडले लिटरको मुल्यमा किसानलाई पानी बिक्री गर्न सक्ने शंका हामीलाई लागेको छ । त्यसैले आवधारणा सच्याउनका लागि दबाव दिन आवश्यक छ,’ बढैयाताल गाउँपालिका वडा न. ७ का अध्यक्ष इन्द्र लुईटेल भन्छन् । भेरी बबई डाईभर्सनको काम पूरा भए बर्दियामा ३६ हजार र बा“केमा १५ हजार गरी ५१ हजार हेक्टर खेतियोग्य जमिनमा १२ महिने सिंचाई हुने छ । यहाँका किसानले चैत बैशाखमा पनि खेति गर्न सक्ने छन् ।


    बबई सिंचाई आयोनाले पानी पु¥याउन खेतखेतमा नहर पु¥याउदै लगेको छ । तर बर्षाबाहेकको समयमा नहर सुक्ने गरेको छ । बबै नदीको पानीले नहर नधानेपछि सुक्ने गरेको हो । तर राष्ट्रिय गौरवको भेरी—बबै डाइभर्सन आयोजनाकोे पानी खसाल्ने सुरुङ एक वर्ष अगावै सकिएपछि १२ महिने सिंचाई हुने दिन नजिकिदै छ । आयोजनाका अनुसार पहिलो पल्ट भेरीबाट बबई नदीमा ८ देखि १० घन मिटर प्रति सेकेण्ड पानी छोडिने छ । बहै महिना सिंचाई हुने खबरले किसान खुसी छन् । तर लिमिटेडको अवधारणा ल्याइएपछि किसानहरु पानीको पैसा तिर्नुपर्ने त्रासमा परेका छन् । बर्दियाको सीमासंगै जोडिएको सुर्खेतको भेरी नदीबाट सुरुङ खनेर बबईमा पानी ल्याउन थालिएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले सरकारले आयोजनालाई लिमिटेडको अवधारणामा ल्याएपछि बर्दियाबाट मन्त्रालयमा ज्ञापनपत्र बुझाएको खबर पाएको बताए । तर त्यस बारे आफूकहा“ कुनै अधिकारिक जानकारी नआएको जनाए । ‘लिमिटेड भएपछि किसानलाई पानी किन्नु पर्ने दिन नआउला । तर त्यस बारे बिस्तृत जानकारी आइसकेको छैन,’ उनले भने । सुरुङ निमार्णको काम सकिएपछि बबईमा पानी खसाल्ने तयारी गरिएको थियो । बबईमा पानी खसेपछि किसानले प्रत्यक्ष फाईदा पाउने छन् । भेरीको पानी बर्दियाको चेपाङ हु“दै ४० किलो मिटर दक्षिण बबई इरिगेशनसम्म पुग्ने छ । आयोजना सम्पन्न भएपछि भेरी नदीको पानी प्रतिसेकेन्ड ४० घन मिटर बबई नदीमा खस्ने लक्ष्य छ । आयोजनाको दोस्रो चरणको निमार्णको काम सुरु भएको छ । आर्थिक वर्ष ०६८÷६९ मा काम सुरु भई ०७९÷८० मा सकिने गरी काम भइरहेको आयोजनाले जनाएका छ । भेरीको पानी बबईमा खसेपछि बर्दिया र बाँकेका ५१ हजार हेक्टर खेती योग्य जग्गामा बाह्रै महिना सिंचाई हुने विश्वास गरिएको छ ।
    यो नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तरजलाधार स्थानान्तरणको राष्ट्रिय गौरवको आयोजना हो । बबई नदीबाट पानी खसालेर ४६.८ मेगावाट जलविद्युत उत्पादन गरिनेछ । उक्त जल बिद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्ने लक्ष्य छ । सुर्खेतको छिन्चु स्थित चिप्लेमा करीव १५ मिटर अग्लो बाँध बनाएर १२.२ किलो मिटरको सुरुङबाट बबई नदीमा पानी पुग्ने छ । आयोजना शुरु भएयता करिव ६ अर्ब रुपैया खर्च भएको छ । बबईमा पानी खसेपछि बर्दियाको चेपाङ पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बिश्वास गरिएको छ । बबई नदीम ¥याफटिङ गर्न उपयुक्त हुने छ । यसले पर्यटकहरुलाई आर्कषण गर्ने बिश्वास गरिएको छ । ‘पाइलटिङ प्रोजेक्ट’ का रुपमा अघि बढाईएको यो आयोजना पुर्वाधार विकासको नमूनाको रुपमा अघि बढेको हो ।

     

     

  • ८ मंसिर २०७७, सोमबार १४:५५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार