हटस्पोर्टमा कोरोना संक्रमण शुन्य - Dastabej

हटस्पोर्टमा कोरोना संक्रमण शुन्य

परीक्षण न कोरोनाको संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज— पहिलो चरणमा हट स्र्पोट बनेको बाँकेको दुर्गम नरैनापुर गाउ“पालिका र नेपालगन्जसंग जोडिएको डुडवा गाउँपालिकामा कोरोना संक्रमण शुन्यमा झरेको अभिलेख सार्वजनिक गरिएको छ । लामो समयदेखि कोरोनाको संक्रमण नदेखिएको भन्दै नरैनापुरले बिद्यालय खोल्ने तयारी गरिरहेको छ । तर संक्रमण शुन्यमा झर्नुको कारण भने कोरोना नियन्त्रण भइसकेको होईन । ति पालिकामा पीसीआर परीक्षण गर्न पूर्णरुपमा बन्द गरिएपछि शुन्यमा झरेको देखिएको हो । नरैनापुरमा गत जेष्ठसम्म संक्रमितहरुको संख्या एक सय बढी नाघेको थियो । एक जनाको मत्यु भयो । त्यस्तै डुडवामा पनि संक्रमितहरुको संख्या बढेपछि आइसोलेसन अभाव भएको थियो । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएयता नरैनापुर र डुडवाका कसैले पनि परीक्षण नगराएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले जनाएका छन् । तर नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकालगायतका पालिकामा भने फाटफुटरुपमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ । ‘पहिलो चरणमा कोरोनाको संक्रमण क्वारेन्टाईनमा फैलिदा धौधौ भएको थियो । तर तीन÷चार महिनायता एक जनाले पनि परीक्षणका लागि आएका छैनन्,’ नरैनापुर गाउ“पालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खा“ भन्छन्,‘कोरोनाको लक्षण छ भनेर पनि कोही सम्पर्कमा आएका छैनन् ।’ सुरुमा क्वारेन्टाईमा धान्नै समस्या भएको पालिकामा कोही पनि क्वारेन्टाईन र आइसोलेसनमा छैनन् । ‘पीसीआर परीक्षण नगरेपछि संक्रमण कसरी देखिन्छ ? संक्रमण नदेखिएपछि आईसोलेसन खाली हुने नै भए,’ स्वास्थ्य शाखा प्रमुख खा“ले भने ।ँ
    तर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो समय कोरोनोको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिकाका ७४ जना होम आईसोलेसनमा बसेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नरैनापुर र डुडवा गाउँपालिकाका कोही पनि आइसोलेसनमा छैनन् । लक्षण नै नदेखिएका कारण परीक्षण नगरिएको उनले जनाए ।डुडवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले कोरोना परीक्षणका लागि कोही पनि सम्पर्कमा नआएको जनाए । ‘लक्षण नै देखिएको व्यक्तिहरुको पीसीआर परीक्षणका लागि हामीले तयारी गरिसकेका छौ“ । तर कोही पनि सम्पर्कमा नरहेकाले परीक्षण नभएको हो,’ उनले भने,‘हामी तयार छौ“ ।’ नरैनापुर र डुडवा गाउ“पालिकामा मधेसी र मुस्लिमको अधिकांश बस्ती छ । उनीहरुले कोरोना केही पनि नभएको तर्क गर्दै आएका छन् । चिकित्सकहरुले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आएपनि बाँकेमा भने माक्ससमेत प्रयोग गरिएको छैन । बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये ४७ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कोरोनाका कारण बाँकेका ३८ को मृत्यु भएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार ०९:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार