नेपालगन्ज –प्यूठान नौबाहिनी गाउँपालिका ६ का ७८ वर्षिय पुरुषको कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । उनलाई कार्तिक ३० गते अस्पताल भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यो संगै कोरोना संक्रमण भएर बाहिर उपचारका लागि बाँके आएका मध्ये ४८को मृत्यु भइसकेको छ ।