नेपालगन्ज— गुलरिया नगरपालिकामा गठन गरिएको च्याम्पीयन अफ चेन्ज (सिओसी) मा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको छ ।
प्लान नेपालको आर्थित्क सहयोग र भेरी बातावरणिय बिशिष्ट समूह बिगुप्र नेपालगन्जले उनीहरुलाई तालिम दिइएको हो । तालिमा १८ किशोरकिशोरी सहभागि छन् ।
गाउँघरमा हुने विकासका घटना, बालविवाह लगायका घटनाहरु बाहिर ल्याउन उदेश्यले समाचार लेखन तालिम दिइएको हो । बिगु्रपले सन्चालन गरेको बालिका तथा युवा सशक्ति परियोजना गुलरियाका सुपरभाईजर शान्ता विकले स्थानीय मुद्दाहरुलाई उजागर गर्ने उदेश्यले तालिम आयोजना गरिएको जानकारी दिइन । सहभागिहरुलाई समाचार बारे अभ्यास गराइएको छ ।