चिसापानीमा वायु उर्जा सम्भाव्यता अध्ययन - Dastabej

चिसापानीमा वायु उर्जा सम्भाव्यता अध्ययन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वायु ऊर्जासम्बन्धी सम्भाव्यता अध्ययन गर्र्दै आएको छ ।


  • दस्तावेज

  • नेपालगन्ज—तिब्र गतिमा हावा चलिरहने कर्णाली चिसापानीमा वायु उर्जा सम्बन्धि सम्भाव्यता अध्ययनका लागि पहल थालिएको छ । बिश्व बैंकको आर्थिक सहयोगमा वैकल्पिक उर्जा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले त्यहाँको वायु उर्जा बारे अध्ययन गरिरहेका छन् । बर्है्महिना तिब्र गतिमा आवा चलिरहने गरेका कारण अध्ययन छनौटमा परेको हो । चिसो हावा चल्ने गरेकै कारण नामाकरण कर्णाली चिसापानी भएको हो । यहाँ कति वायु ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउन ५० मिटरका टावर जडान गरिने लक्ष्य छ । ‘हावाको बहाव हेर्दा कर्णाली चिसापानीमा वायु उर्जाको सम्भावना बढी छ । त्यसका लागि विश्व बैंक लगानी गर्न तयार छ । त्यसरी नै विभिन्न सरकारी तथा संघसंस्थाले सम्भावयता अध्ययनको काम सुरु गरेका छन्,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वायु उर्जा अनुसन्धान प्रमुख डा. सुरेशकुमार ढुंगेलले भने ।
    यसअघि वायु उर्जा अध्ययनका लागि दांगको फुलवारी, प्यूठान र धुलिखेललगायत क्षेत्रमा टावर जडान भइसकेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वायु ऊर्जासम्बन्धी सम्भाव्यता अध्ययन गर्र्दै आएको छ । तर ८० मिटर उचाइको टावरबाट तथ्यांक हाल संकलन नभएको विभिन्न अध्ययनले देखाएको छ । केन्द्रले ३० मिटरको टावर मकवानपुरमा जडान गरेको छ भने ५० मिटरका दुईवटा टावर पाल्पा र कर्णाली चिसापानीमा जडान गर्ने लक्ष्य छ । स्थलगत तथ्यांक आइसकेपछि त्यस स्थानबाट कति वायु ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउन सकिने डा. ढुंगेलले जनाए । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सन् २००६ को अध्ययन प्रतिवेदनले पनि तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्न सकिने सम्भाव्यता देखाएको छ । तर भौगोलिक अवस्थाका कारण नेपालमा वायु उर्जाको निरन्तर सफलताको सम्भावना भने निकै कम हुने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् ।
    वायुबाट ऊर्जा निकाल्ने मुख्यत तीन चरण हुन्छन्न् । पहिलो चरणमा सुपर कम्प्युटरबाट सेटलाइट मोडलिङ गरिन्छ । जसबाट हावाको गति मापन गरी नक्सांकन हुन्छ । यसले सालाखाला कहॉ कति गतिको हावा बग्छ भन्ने तथ्यांक दिन्छ । जानकारहरुका अनुसार यो तथ्यांक करिब १५ प्रतिशत तलमाथि हुन सक्छ । दोस्रो चरणमा सम्भावित क्षेत्रबाट स्थलगत तथ्यांक संकलन गरिन्छ । यसका लागि ८० मिटर अग्लो टावर राख्नुपर्छ । टावर र मापन उपकरण तोकिएको गुणस्तरको हुनुपर्छ । जडान, तथ्यांक संकलन र प्रशोधन गर्दासम्म प्रति टावर करिब डेढ करोड रुपियाँ लागत पर्छ । एउटा टावरले पाँच किलोमिटर आसपास गर्छ । दुई वर्षको तथ्यांक प्राप्त भएपछि मात्र वायु ऊर्जाको सम्भाव्यताबारे निचोडमा पुग्न सकिन्छ । हालसम्म व्यावसायिक प्रयोजनका लागि दोस्रो चरणको काम हुन सकेको छैन ।
    नेपाललाई उर्जामा आत्मनिर्भर गर्न वैकल्पिक उर्जा अनुसन्धान थालिएको हो । भारतबाट २ सय ३० मेगावाट आयात गरिन्छ । विश्व बैंकको सहयोगमा भएको पछिल्लो अध्ययनले कुनै पनि पुराना अध्ययनले भन्दा सम्भाव्यताको मात्रा निकै बढी देखाएको छ । ‘तर अन्तिम प्रतिवेदन आइसकेको छैन । त्यसका लागि अध्ययनकर्ताहरुसंग छलफल भइरहेको छ,’ डा. ढुंगेल भन्छन्,‘अध्ययन सफल हुन्छ भन्ने पनि छैन ।’ मुलुकका विभिन्न १० ठाउँबाट तथ्यांक संकलन गर्ने तयारी छ । लुम्बिनी र कर्णाली प्रदेशका उर्जा आयोजनामा नौमुरे (२४५), कर्णाली चिसापानी (१०८००), शारदा–बबई (९३), भालुवाङ (१०७), लोअर बडिमार्ड खोला (३८०), मादी रोल्पा (१४२), रिडी खोला (४३), लोवर जिमरुक (१९९) र उत्तरगंगा (३००) मेगावाट छन् । नौमुरे आयोजना बनिसकेपछि त्यसबाट ८० हजार ३ सय ५० हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्नेछ ।

     

  • ९ मंसिर २०७७, मंगलवार १६:१५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ