पर्यटक लोभ्याउन डलफिन - Dastabej

पर्यटक लोभ्याउन डलफिन


  • दस्तावेज

  •  

    नेपालगन्ज— कर्णाली र गेरुवा नदीको भँगालाले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाले डलफिनको संरक्षण गरी पर्यटक तान्ने कार्य योजना छ । पालिकाले संयुक्तरुपमा दुबै नदी किनारबाट रिङरोड निमार्ण गरी पर्यटकहरुका लागि बस्ने स्थान बनाउने छन् । ति नदीमा दैनिकजसो डलफिन देखिने गरेको हो । उक्त प्रजातीको स्तनधारी माछा बिश्वमै लोपउन्मुख मानिन्छ । तर कर्णाली र गेरुवा नदीमा अझै पनि सहजै दख्न पाईने गरेको छ । कर्णाली नदीको सतीघाटमा बढीजसो डलफिन देखिने गरेको छ । त्यस्तै गेरुवा नदीको दौलतपुर घाटमा पनि सहजै देखिने गरेको हो । दौलतपुरघाटमा पुल नभएका कारण स्टीमर सन्चालन हुँदै आएको छ । स्थानीयका अनुसार नदी भएर मान्छे ओहरदोहोर गर्ने स्थानमा डलफिन बढी बस्ने जनविश्वास छ । कोही डुब्न थालेका बेला डलफिनले देख्यो भने उद्दार गरेर नदीको छेउमा पु¥याउने जनविश्वास अझै छ । राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले गेरुवा र कर्णाली नदीमा देखिने डलफिनलाई पर्यटकहरुलाई देखाउन सक्ने हो भने पर्यटकीय गन्तब्य बन्ने बताईन । ‘राजापुर र टिकापुरलाई जोड्ने सतीघाटमा र दौलतपुरमा पनि डलफिन देखिन्छ । बेलाबेलामा मुरगवाघाटमा पनि देखिन्छ,’ उनले भनिन्,‘यसको संरक्षण आवश्यक छ । अनुसन्धानका लागि बिज्ञहरुसंग सल्लाह गरी निर्णय कार्यान्वयन गर्छौ ।’
    डलफिन माछालाई स्थानीय भाषामा महासेर भनिन्छ । यो निकै ठूलो आकारको हुने भएकाले थोरै पानीमा बस्न सक्दैन । बासस्थानका लागि ठूलो पानी आवश्यक पर्ने भएकाले कर्णालीमा बढी देखिने गरेको हो । नदीमा पानीको मात्रा घट्दै गए भारततिर सर्दै जान्छ । भारतको कतर्नियाघाटमा धेरै डल्फिन र घडियाल गोही देखिने गरेको हो । कतर्नियाघाटमा गेरुवा र कर्णाली नदी मिसिएको छ । नेपालतर्फको कर्णाली र गेरुवा नदी बर्षा समय धेरै डलफिन देखिने गरेको छ । नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार डलफिन बस्न मिल्ने गरी संरचना निमार्ण गर्न सक्ने सम्भावना रहेको जनाए । सन् २०१३ मा गरिएको एक अध्ययनले गेरुवा र कर्णालीमा चार वटा डल्फिन देखिएको थियो । मुल कुरा पानी हो । सुख्खा समयमा पानी घट्दा डलफिन तला सर्छ । डलफिनलाई रोक्नका लागि पानी छेक्न सक्ने संरचना निमार्ण गर्न सकिन्छ । त्यसका लागि अध्ययन आवश्यक हुन्छ । डलफिनले यहाँको पर्यटन विकासमा सहयोग पुग्ने छ । दुबै नदीमा आउने बाढी, कटान र पाटनबाट स्थानीय पीडित छन् । तर त्यही नदीमा देखिने डलफिनले पर्यटकहरु तान्न सके पर्यापर्यटन फस्टाउन सक्ने विश्वास गरिएको छ । नदी छेउमा बसेर डलफिन हेर्ने व्यवस्था मिलाईने राजापुर नगरपालिकाले जनाएको छ ।

  • १० मंसिर २०७७, बुधबार ०९:०७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ