नेपालगन्ज—खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा बिचौलीयाहरु सलबलाएका छन् । उनीहरु कम परिणाममा धान बिक्री गर्ने किसानलाई बढी परिणामको कुपन लिन लगाएको साना किसानको गुनासो छ । लिमिटेडले एक जना किसानसँग ५० क्विनट धान खरिद गरिरहको छ । पहिलो चरणमा मोटा र मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ । उक्त परिणामको धान खरिदका लागि तीन दिनमै कुपन सकिएको छ ।
जसका कारण साना किसानहरु धान बिक्री गर्नबाट बन्चित भएका छन् । बिचौलीयाहरुले पहिले नै धान बिक्रीका लागि कुपन लिइसकेकाले किसानहरुले धान बिक्री गर्न नपाएको नेपालगन्ज १५ का सिराजअहमद खानले बताए । नेपालगन्ज—खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले कोरोना कहरका साथै कृषकहरुको सहजताका लागि कुपन वितरण गरेर तोकिएको दिनमा बोलाएर धान खरिद गरिरहेको हो ।
हाल कम्पनीको मुख्य शाखा कारकाँदो नेपालगन्जबाट खरिद भइरहेकोमा त्यहाँको गोदाम भरिएपछि नेशनल ट्रेडिङ्ग नेपालगन्जबाट खरिद गर्ने कम्पनीको तयारी छ । सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँमा कम्पनीमा धान समर्थन मुल्य तोकेको छ । कम्पनीले यही दररेटमा धान खरिद गरेको छ । कुपन प्रणाली लागु भएपछि धान बिक्रिका लागि सिमित मात्र किसान तथा व्यपारीहरुले बेलगाडी, ट्रयाक्टरलगायतका साधनहर प्रयोग गरेर धान बिक्रिका लागि लिएर आउने गरेका छन् । विगतका बर्ष जस्तै यो बर्ष भने बर्षातका कारण धान भिज्ने, बिग्रने र हप्तौसम्म पालो कुर्दै रात बिताउनुपर्ने अवस्थाको यस वर्ष अन्त्य भएको खाद्ययवस्था तथा व्यपार कम्पनीलिमिटेड मुख्य शाखाक प्रमुख निर्मल थापाले बताए । उनका अनुसार कुपनमा कृषकको विवरणसहित बेच्ने धानको अनुमानित परिमाण र कृषकले धान लिएर आउने दिन तोकिएको छ । एकैदिन धेरै धान नआओस भनेर एउटा कुपनमा ५० क्वीन्टलसम्म धान बिक्रि गर्न पाइने नियम बनाएको छ । लिमिटेडका प्रमुख थापाले किसानहरुको धान खरिद गर्ने लक्ष्य रहेको तर बिचौलीयाको घुसपैठ बारे जानकारी नभएको जनाए । कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको कृषकहरुले महाशुस गरेका छन् । धान खरिद बिक्रिमा सहजताका लागि कुपन प्रणाली लागु गरे पनि कुपन वितरणमा भने भीँडभाड भएको छ जसका कारण कोरोनाको जोखिम बढेको जानकी गाँउपालिकाका किसान सवित राम यादवले बताए ।