समाचार लेखन अभ्यास गर्दै किशोरकिशोरी - Dastabej

समाचार लेखन अभ्यास गर्दै किशोरकिशोरी


  • दस्तावेज

  • नेपालगन्ज— बढैयाताल गाउँपालिका ९ टेशनपुरमा गठन गरिएको च्याम्पीयन अफ चेन्ज सिओसीमा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको छ ।प्लान नेपालको आर्थित्क सहयोग र भेरी बातावरणिय बिशिष्ट समूह बिगुप्र नेपालगन्जले उनीहरुलाई तालिम दिइएको हो ।

    तालिमा १८ किशोरकिशोरी सहभागि छन् । सहभागिहरुले स्वास्थ्य केन्द्रमा औषधि नपाएको, बालविवाह बढेको र कोरोनाका कारण बिद्यालय बन्द भएपछि बालवालिकाहरुमा परेको असर बारे समाचार लेखेर अभ्यास गरेका छन् । गाउँघरमा हुने विकासका घटना, बालविवाह लगायका घटनाहरु बाहिर ल्याउन उदेश्यले समाचार लेखन तालिम दिइएको हो । बिगु्रपले सन्चालन गरेको बालिका तथा युवा सशक्ति परियोजना गुलरियाका सुपरभाईजर शान्ता विकले स्थानीय मुद्दाहरुलाई उजागर गर्ने उदेश्यले तालिम आयोजना गरिएको जानकारी दिइन ।

  • १० मंसिर २०७७, बुधबार १६:१३ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न