बर्दिया बढैयाताल गाउँपालिकाले जनतासँग पालिका नामक कार्यक्रमको सुरु गरेको छ। स्थानीयको चासो ,गुनासो ,समस्याहरू सुन्नका लागि कार्यक्रम सुरु गरिएकोे हो जनतासँग पालिका कार्यक्रम अन्तर्गत पालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, आवश्यकता अनुसार विभिन्न शाखाका प्रमुखहरू सम्बन्धित वडाको भ्रमण गर्ने र वडामा गाउँपालिकाले सम्पादन गरेको कार्यक्रममा जनताका के कस्ता सकारात्मक अथवा नकरात्मक गुनासोलाई सुन्ने ,त्यसता समस्याको टिपोट गर्ने र सकेसम्म समस्यालाई समाधान गर्ने उदेश्य रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।
उक्त कार्यक्रम बढैयाताल गाउँपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुनेछ ।पहिलो चरणमा डा नं ९ को जनताको गुनासो सुन्नका लागि बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ , उपाध्यक्ष दिपा गौतम,प्रमुख प्रशासकीय अधिकृत सहितको टोली सोही स्थलमा पुगेका थिए। उक्त वडामा सञ्चालन गरिएको जनता सँग कार्यक्रममा खानेपानिका, बिजुली, बाटोघाटोको, सुकुम्बासी ्े सुनाए । टेलिफोन टावरका समस्या ,शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा जनताहरूको पहुँचका समस्या स्थानीयले सुनाए । त्यहाँ उठेका विषय बस्तुको अध्यन गरि कसरी समाधान गर्न सकिन्छ भनेर गाउँपालिकाले एउटा ढाँचा तय गरेर समस्याको समाधान खोजी गर्ने र सामान्य समस्याहरुलाई भने तत्काल समाधान गर्ने प्रतिबद्धता सहितको जानकारी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रतिबद्धता जनाए ।