समाजमा विकृति फैलाउनेलाई कारवाही हुन्छ— बाँसगढी नगरप्रमुख - Dastabej

समाजमा विकृति फैलाउनेलाई कारवाही हुन्छ— बाँसगढी नगरप्रमुख

‘म माथि भ्रष्टाचार लगायत मेरो सामाजिक, राजनीतिक प्रतिष्ठा माथि आँच पुयाउन गरिएको दुस्प्रचार प्रति संवेदनशिल भएको छु र यस प्रति घोर भत्र्सना गर्न चाहन्छु


  • दस्तावेज

  • निेपालगन्ज—विना तथ्य केही व्यक्तिहरुले सामाजिक सन्जालमा चरित्र हत्या गर्ने खालका आरोप लगाएको भन्दै बर्दिया बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले ढिलोचाँदो कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । उनले सामाजिक सन्जालमा आफूबिरुद्ध लगाइएका सबै आरोपहरु झुठो भएको प्रस्ट पारेका छन् । उनीबिरुद्ध केहीदिन यता सामाजिक लान्छाना लगाउने, भ्रष्टाचार गरेको आरोपसहितका हर्कतहरु सामाजिक सन्जालमा पोष्ट गरिएका थिए । मलाई कुनै स्वार्थ र मोह समेत छैन । ‘म माथि भ्रष्टाचार लगायत मेरो सामाजिक, राजनीतिक प्रतिष्ठा माथि आँच पुयाउन गरिएको दुस्प्रचार प्रति संहर्कवेदनशिल भएको छु र यस प्रति घोर भत्र्सना गर्न चाहन्छु, नगरप्रमुख अधिकारीले भने । ’
    बाँसगढी नगरपालिका समृद्धिको यात्रामा रहेको भन्दै नगरको विकास नचाहनेहरुले आफ्रना् विरोध गरेको उनको बुझाई छ ।
    यस्तै उनले सम्पूर्ण जनतालाई कुनै पनि किसिमको समाजमा विकृति फैलाउन खोज्ने, अर्काको मर्यादामा आँच पुयाउने र धमिलो पानीमा माछा मार्न खोज्ने व्यक्तिहरु सँग सचेत रहन आग्रह गरेका छन् । अनावश्यक रुपमा आफ्ना विरुद्ध दुस्प्रचारमा लागेहरुलाई ढिलो चाडो कानुनी दायरामा ल्याउने विस्वास व्यक्त गरेका छन् ।

  • ११ मंसिर २०७७, बिहीबार ०८:४६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा